ज्यामिरेमानेका किसानले पाए १० कम्बाइन मिल र १४ मिनिटिलर, किसानहरुमा छायो खुसी

रबिन दनुवार, ज्यामिरेमाने ।इन्द्रावती गाउँपालिका वडा नम्बर ८ ज्यामिरेमानेका किसानले वडाको ५० प्रतिशत अनुदानमा १० वटा कम्बाइन मिल र १४ वटा मिनिटिलर पाएका छन् । इन्द्रावती गाउँपलिका वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले सो उपकरण हस्तान्तरण गर्नुभएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण र आत्मनिर्भर बनाउने उद्देश्यका साथ उपकरण हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । […]

Continue Reading

पिडितहरुको सारथी बन्दै सांसद तामाङ, सहयोगी हातहरु अघि बढाउँदै

रेडियो मिसन, मेलम्ची ।आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । नेपाली काङ्ग्रेसका नेता प्रकाश सापकोटाको पहलमा हाल अमेरिकामा रहनुभएका राम श्रेष्ठले पठाउनुभएको ५० हजार नगद प्रदेश सांसद कृष्ण कुमार तामाङ समीले आज […]

Continue Reading

सिपाघाटका ३५ किसानहरुलाई मिनिटिलर बितरण

रबिन दनुवार सिपाघाट । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा मिनिटिलर बितरण गरिको छ । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा श्री विकसित साना किसान कृषि संस्था लिमिटेडले हाते मिनिटिलर वितरण गरेको हो । मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाले किसानहरुलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि संस्था मार्फत ३५ किसानहरूलाई मिनिटिलर हस्तान्तरण गरेको नगरपालिकाको […]

Continue Reading

इन्द्रावती क्याम्पस मेलम्चीको सञ्चालक समिति अध्यक्षमा सिपी दुलाल चयन

रेडियो मिसन, मेलम्ची ।इन्द्रावती बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सिपी दुलाल चयन हुनुभएको छ । आज भएको पाँचौ क्याम्पस सभा तथा अधिवेशन बाट दुलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्वाचित भएको क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा एकलाल श्रेष्ठ,कोषाध्यक्षमा सञ्चमाया तामाङ, सदस्यहरुमा विश्वनाथ आचार्य, भक्तबहादुर खड्का,रामशरण महरा र कल्पना चालिसे चयन हुनुभएको श्रेष्ठले […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

रेडियो मिसन, मेलम्ची । सिन्धुल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिती गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न एक भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, […]

Continue Reading

शिक्षा क्षेत्रमा लगानि गर्न तयार छौं : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा रहेको ईन्द्रावति बहुमुखि क्याम्पसको पाँचौं क्याम्पस सभा तथा अधिवेशन मेलम्चीमा सुरू भएको छ । मेलम्चीमा रहेको एकमात्र क्याम्पसमा अधिवेशन सुरू भएको हो । आज कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आईतमान तामाङले मेलम्ची नगरपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले लगानि गर्ने बताउनुभएको छ । क्यामपसको शंरक्षणमा स्थानिय सरकारले […]

Continue Reading

सांसद तामाङद्वारा आगलागी पिडितलाई ३ महिनाको लागी पुग्ने राहात प्रदान

रेडियो मिसन, तालामाराङ । वागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले मेलम्ची नगरपालिका ६ तालामाराङको आगलागी पिडितलाई सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले भरत के.सी को परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो । सो परिवारलाई ३ महिनालाई पुग्ने खाद्यान्न, दाल, गेडागुडी, चामल, ओड्ने ओछ्याउने, कुकर, पकाउने अन्य भाँडाकुँडा लगायत सामाग्री प्रदान गरिएको […]

Continue Reading

सडक र खानेपानीमा धेरै काम गर्ने योजना छ : सांसद तामाङ

रेडियो मिसन, पाल्चोक । प्रदेश साँसद कृष्ण कुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गर्ने र प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउने बताउनुभएको छ ।पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै सांसद तामाङले पाल्चोक चिनाउन हेलम्बुको पाल्चोक मन्दिर र सडक स्तरोन्नती गर्न प्रदेश लाई सिफारिस गरेको र अवको आर्थिक बर्षमा योजना […]

Continue Reading

अब कसैले पनि उपचार नपाएर मृत्यू वरण गर्न पर्ने अवस्था आउँदैन : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन, पाल्चोक ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्यू वरण गर्न नपर्ने ताउनुभएको छ । पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले गरिवले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्चे र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा […]

Continue Reading

सुनकोशी नदीमा विपद् उद्धारको पूर्वतयारी अभ्यास

रेडियो मिसन, सिन्धुपाल्चोक ।मनसुनको समयमा बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई चोखिम उद्धार गरिने पूर्वतयारीको अभ्यास गरिएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा विपद् उद्धारको पूर्वतयारी अभ्यास गरिएको हो । मनसुनजन्य विपदको हिसावले ग्रस्त […]

Continue Reading