माओवादी केन्द्र इन्द्रावती ४ द्धारा टाकुरे आगलागी पीडितलाई ४५ हजार सहयोग 

* # विविध समाचार समाज सिन्धुपाल्चोक

टाकुरे, सिन्धुपाल्चोक,

नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नं ४ ले टाकुरे आगलागी पीडितलाई ४५ हजार २ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे छ ।

आज नेकपा माओवादी केन्द्र इन्द्रावती ४ का वडा कमिटी अध्यक्ष राजेश अधिकारी, वडा कमिटी सदस्यहरू, पालिका अध्यक्ष मान बहादुर श्रेष्ठ सहितको उपस्थितिमा साे रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हाे । कार्यक्रममा कोषाध्यक्ष आशिष लामा, स्थानीय युवाहरू लगायतको उपस्थिति रहेको थियो ।

विपद्को घडिमा मलम पट्टि लगाउनुपर्छ भनेर नेकपा माओवादी केन्द्र इन्द्रावती ४ काे पहल र दयालु भावना भएका युवाहरू बाट रकम जुटाइएको वडा कमिटी अध्यक्ष राजेश अधिकारीले जानकारी दिनुभयाे। ‘समुदायमा दु:ख पर्दा एकले अर्कालाई सहयोग गराैँ’, उहाँले भन्नुभयाे ।

राहत हस्तान्तरण पश्चात् सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै युवा समाजसेवी प्रकाश खनालले सम्पूर्ण साथी भाइ इष्टमित्र हरूमा आफूले सकेको सहयोग गरिदिन समेत अपिल गर्नुभएकाे छ ।

शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घरसँगै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट  भएको थियाे ।

आगलागी बाट १ हजार कुखुरा सहितको टहरो जलेर नष्ट भएको थियो भने ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेर नष्ट भएको थियो । आगलागीका कारण अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।

Leave a Reply