इन्द्रावतीका तीन विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

इन्द्रावती । शैक्षिक अभियन्ता तथा समाजसेवी मोहनबहादुर गिरीद्वारा सञ्चालन गरिएको गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने अभियान अन्तर्गत आज इन्द्रावती गाउँपालिकाका तीन विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। वडा नं. १० स्थित सूर्योदय आधारभूत विद्यालय तथा वडा नं. ९ स्थित सिपातिनधारा जनता माध्यमिक विद्यालय र जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थी […]

Continue Reading

समृद्ध समाज निर्माणको मेरुदण्ड शिक्षा हो: नगर प्रमुख तामाङ

मेलम्ची, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय नगरपालिकाभित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ।​मेलम्ची नगरपालिका वडा नं. १० स्थित श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख तामाङले उक्त कुरा बताउनुभएको हो। ​कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज […]

Continue Reading

समाजसेवी माेहन गिरीद्वारा चण्डेश्वरी माविमा शैक्षिक सामग्री तथा पोशाक वितरण

शैक्षिक अभियन्ता एवं समाजसेवी मोहन बहादुर गिरी र लायन्स क्लब अफ काठमाडौं शुभ ताराको सहयोगमा चण्डेश्वरी माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ। विद्यालयमा इसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत ३०८ जना विद्यार्थी तथा २५ जना शिक्षकलाई पोशाक वितरण गरिएको हो। साथै कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई स्कुल ब्याग, पानीको […]

Continue Reading

सिपातीनघरे संस्कृत विद्यालयमा मन्दिर निर्माणको शिलान्यास सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक शैक्षिक धरोहरका रूपमा परिचित श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा श्री सिपातीनघरे संस्कृत गुरुकुलमा निर्माणाधीन मन्दिरको शिलान्यास गरिएकाे छ । इन्द्रावती गाउँपालिका–६ का वडा सदस्य खिल प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सम्झना देउजा, विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद आचार्य, सहायक प्रधानाध्यापक गणेश प्रसाद ज्ञवाली तथा गुरुकुलका आचार्य सन्देश […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा कक्षा ८ नतिजा सार्वजनिक: दुई विद्यालयमा शतप्रतिशत उत्तीर्ण

नवलपुर । इन्द्रावती गाउँपालिकाले आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष समग्रमा ५७ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ८७ जना उत्तीर्ण भएका छन् भने बाँकी विद्यार्थी अनुत्तीर्ण भएका छन्। […]

Continue Reading

मेलम्ची नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, केही विद्यालयको सत-प्रतिशत उत्तीर्ण, समग्र उत्तीर्णदर ७९ प्रतिशत

मेलम्ची । मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।नगरपालिकाका अनुसार कुल ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ४ सय ५३ जना उत्तीर्ण भएका छन् भने १ सय […]

Continue Reading

हेलम्बु–६ मा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना, हेलम्बु गाउँपालिका तथा लाइफ भर्सेस एडिक्सनको समन्वय /सहकार्यमा आयोजित कार्यक्रम आयोजना गरिएको हो । हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी/एड्सबारे समाजमा रहेको […]

Continue Reading

नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

नवलपुर । नवलपुर भ्याली स्कुल, इन्द्रावती–४ को वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका चार व्यक्तित्वलाई सम्मान गरिएको छ। कार्यक्रमका क्रममा असमान लोप्चन (कला), दीपक खत्री (पत्रकारिता), चन्द्र प्रसाद न्यौपाने (साहित्य) र मनोज सिङ (शिक्षा) […]

Continue Reading

शिक्षामा सुधारका लागि मेलम्ची–१० गर्‍यो महत्वपूर्ण शैक्षिक निर्णय, कक्षा ५ सम्म अंग्रेजी माध्यम लागू हुने

मेलम्ची । हिरादेवी आधारभूत विद्यालय, मेलम्ची–१० मा वडा शिक्षा समिति मेलम्ची–१० को आयोजनामा महत्वपूर्ण शैक्षिक बैठक सम्पन्न भएको छ । बैठकले शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यस निर्णयले स्थानीय तहको शिक्षालाई प्रतिस्पर्धी, आधुनिक र प्रभावकारी बनाउने विश्वास गरिएको वडा […]

Continue Reading

इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरी

नवलपुर । Easter (जेसस क्राइस्टको पुनरुत्थान दिवस) को अवसर पारेर इन्द्रावती गाउँपालिका इसाई एकता समाजले आज नवलपुर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम तथा प्रभातफेरी आयोजना गरेको छ। “पुनरुत्थान उत्सव” लेखिएको ब्यानरसहित स्थानीय इसाई धर्मावलम्बीहरू नवलपुर बजार क्षेत्रमा भेला भई सरसफाइ अभियान सञ्चालन गर्नुका साथै प्रभातफेरीमार्फत पुनरुत्थानको सन्देश फैलाएका थिए। कार्यक्रममा करिब १५० जना इसाई धर्मावलम्बीहरूको सहभागिता […]

Continue Reading