कृष्ण ढुङ्गाना, तालामाराङ,
विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गतका विद्यालयहरु बीचको शिक्षक भलिबल प्रतियोगितामा जाल्पादेवी मा.वि. मेलम्ची २, भोटेचौरले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा हेलम्बु मोडल विद्यालयले द्धितीय र आयोजक तेर्से मा.वि.ले तृतीय स्थान हासिल गरेको छ । शनिबार सुरु भएको प्रतियोगितामा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका भित्रका ११ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडी शिक्षकहरुलाई २५ गते आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा नगद, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने विद्यालयले जानकारी दिएको छ ।