नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा खुला काेटातर्फ वंशलाल तामाङले सर्वाधिक ८११ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुला काेटातर्फ वंशलाल तामाङ ८११ मतसहित पहिलो स्थानमा रहँदा आइतमान तामाङले ६९०, विष्णु विक्रम थापाले ५२९, बिलबहादुर तामाङले ५२०, अनिल कुमार तामाङले ४९१, सागर कुमार श्रेष्ठले ४५५, निमा लामाले ४३७, अनुप न्यौपानेले ४०९, सुनिल कुमार तामाङले ३९३ र टंक बहादुर कार्कीले ३५७ मत प्राप्त गर्नुभएको छ ।
युवा खुल्लातर्फ दिनेश राज खनाल ५३५ मत र प्रविण कुमार कार्की ३७१ मत सहित विजयी हुनुभएको छ । अल्पसंख्यक काेटातर्फ छिरिङ लामा ह्योल्मो ५११ मत सहित निर्वाचित हुनुभएको छ ।
त्यस्तै, प्रजातन्त्र सेनानीतर्फ शिवप्रसाद लामिछानेले ३५२ मत प्राप्त गर्नुभएको छ । समानुपातिक दलिततर्फ सुवास तिरूवा ३८७ मतसहित विजयी हुनुभएको हो । समानुपातिक जनजाति महिला काेटातर्फ जमुना माझीले ५९१, सबिता गुरुङले ५७६ र सानुमाया हिमालयले ३८३ मत प्राप्त गरी विजयी हुनुभएको हो । दलित काेटामा शिव बहादुर सुनार निर्विराेध निर्वाचीत हुनुभएकाे हाे ।
समानुपातिक खस–आर्य खुल्लातर्फ राजु रायमाझी ४०६ मत र रमेशराज भण्डारी ३४० मतसहित विजयी हुनुभएको छ । अपाङ्गता काेटातर्फ शिवहरी नेपाल वैरागीले ५०५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, महिला क्लस्टरतर्फ यास्मिन ढुंगाना ६५२ मतसहित सबैभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । रमिला तिमिल्सिनाले ४६८, सजिना श्रेष्ठले ४०२ र राधिका पौडेलले ३७० मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
त्य्स्तै श्रमिक काेटातर्फ ईश्वरी न्यौपानेले ३५४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने पेशागत विज्ञतर्फ तुलसीप्रसाद दंगाल २८२ मतसहित निर्वाचित हुनुभएको छ । युवा महिलातर्फ पूर्णी तामाङ ४४७ मतसहित विजयी हुनुभएको छ । त्यस्तै, समानुपातिक जनजाति खुलातर्फ श्यामबहादुर तामाङले ४२७, केशव श्रेष्ठले ४०३ र दुर्गाबहादुर तामाङले ३८८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसरी क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि निर्वाचनमा वंशलाल तामाङले ८११ मतसहित सर्वाधिक मत प्राप्त गर्नुभएको छ । त्यसपछि आइतमान तामाङले ६९० मत र महिला क्लस्टरतर्फ यस्मिन ढुंगाना ६५२ मतसहित उच्च मत प्राप्त गर्ने प्रतिनिधिमा पर्नुभएको छ ।
काेटा गत रूपमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी भएको निर्वाचनबाट विभिन्न समूह तथा समुदायको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिहरू चयन हुनुभएको हो ।
