इन्द्रावती गाउँपालिकाद्वारा भोटेकोशी बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग घोषणा

नवलपुर । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार (२०८३ भाद्र ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको […]

Continue Reading

रसुवामा सम्पर्कविहीन इन्द्रावतीका नागरिकको विवरण उपलब्ध गराउन आग्रह

नवलपुर । इन्द्रावती गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका गाउँपालिकाका नागरिकको विवरण उपलब्ध गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ। गाउँपालिकाले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीमा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी […]

Continue Reading

रसुवा बाढीपीडितका लागि मेलम्चीले जनप्रतिनिधि र कर्मचारीले तीन दिनको बराबरकाे तलब सहयाेग गर्ने

मेलम्ची । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्‍याउन मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङका अनुसार जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिनको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री […]

Continue Reading

इन्द्रावतीमा जलवायु परिवर्तन र बसाइँसराइबारे दुई दिने परामर्श कार्यशाला

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जलवायु परिवर्तन र बसाइँसराइले पारिरहेको प्रभाव तथा त्यसको अनुकूलनका उपायबारे दुई दिने परामर्श कार्यशाला सम्पन्न भएको छ। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF Nepal) को आयोजनामा तथा ICIMOD लगायतका संस्थाको सहयोग र गाउँपालिकासँगको समन्वयमा कार्यशाला आयोजना गरिएको हो। ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ परियोजनाअन्तर्गत सञ्चालन […]

Continue Reading

क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा सम्पन्न

महिलाको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्दै अघि बढिरहेको क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ । संस्थाले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन ३० गते काठमाडौंमा राष्ट्रिय भेला, वार्षिकोत्सव तथा वार्षिक साधारण सभा आयोजना गरेको हो […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको नवलपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका सबै १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालयले ८५ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल […]

Continue Reading

पूर्वानुमान गर्दागर्दै घरभित्र पस्यो बाढी: स्थानीय तहको बेवास्ताले नागरिक जोखिममा

वडा कार्यालयमा पटक-पटक दिएको जानकारीलाई स्थानीय तहले समयमै वास्ता नगर्दा ढल र सडकको अव्यवस्थित संरचनाका कारण एउटा सिङ्गो परिवार बाढीको चपेटामा परेको छ।   मेलम्ची नगरपालिका वडा नम्बर ५ मा वर्षासँगै आएको भेल स्थानीय भरतमणि सिग्देलको घरभित्र पस्दा भौतिक क्षति हुनुका साथै आसपासको क्षेत्र नै जलमग्न भएको छ। सम्भावित जोखिमका विषयमा पहिल्यै जानकारी गराउँदा समेत सम्बन्धित […]

Continue Reading

इन्द्रावतीमा समग्र विकासको आधार बलियो बन्दै, शाखागत प्रगति उत्साहजनक

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सञ्चालन गरिएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पशु तथा कृषि, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गरिए पनि सीमित आन्तरिक स्रोत, कर्मचारी अभाव, योजना कार्यान्वयनमा […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको सातौँ बैठक सम्पन्न

नवलपुर । इन्द्रावती गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको सातौँ बैठक विपद् प्रभावितलाई राहत, निजी आवास पुनर्निर्माण, विपद् व्यवस्थापन कोषबाट भएको खर्च तथा आगामी विपद् पूर्वतयारीलगायत विषयमा छलफल गर्दै सम्पन्न भएको छ । बैठकमा विपद्बाट प्रभावित परिवारको वर्गीकरण तथा राहत वितरणका विषयमा छलफल भएको छ । प्राप्त विवरणअनुसार ‘क’ वर्गमा १२ जना र ‘ख’ वर्गमा २२ […]

Continue Reading

इन्द्रावतीमा विश्व स्तनपान सप्ताहको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न

नवलपुर । “दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ“ भन्ने नारासहित विश्व स्तनपान सप्ताहको अवसरमा इन्द्रावती गाउँपालिकामा आज सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा इन्द्रावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका […]

Continue Reading