सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएकी रमिला शर्मा पौडेलले जन्मदिनको अवसरमा रीमा सेवा समाजको आश्रममा रहेका ६२ जना आमाबुबासँग मनाउनुभएको छ । आज एक कार्यक्रमका बिच काठमाडौं बुढानीलकण्ठ ७ मा शर्माले ६२ जना आमाबुबालाई खाना खुवाउनुका साथै नगद १५ हजार सहयोग गर्नुभएको हो ।
जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले आश्रममा रहेका आमाबुबाको लागि सहयोग गरेको शर्माले बताउनुभयो । आफ्नो जन्मदिनमा अरु कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाई थियो ।
सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले विद्यालय समयमा सहयोग गर्दै आउनु भएकी शर्माले सिन्धुपाल्चोकका विभिन्न विद्यालय तथा पालिकामा सहयोग गरिसक्नु भएको छ । शर्मा लायन्स क्लब अफ सिन्धुपाल्चोक काठमाडौंको अध्यक्ष पदमा हुनुहुन्छ, यस्तै बदन कुमारी शर्मा पौडेल सामाजिक ट्रस्ट नेपालको अध्यक्ष र महिला संघ सिन्धुपाल्चोकको सहसचिव पदमा रही सामाजिक काम गर्दै आउनुभएको छ ।