मेलम्ची ९ मा रहेको श्री सातकन्या माविको ५१ औं वार्षिकोत्सवको अवसरमा पूर्व प्रधानाध्यापक तथा शिक्षक सुनिल कुमार भण्डारीले १ लाख ६ हजार सहयोग गर्नुभएको छ । विद्यालयमा रहँदाको समयमा लिन बाँकी रहेको सो रकम विद्यालयको हितका लागि आफूले सहयोग गरेको भण्डारीले बताउनुभयो ।
हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा स्रोत व्यक्ति भण्डारीले सातकन्या माविमा १४ वर्ष भन्दा बढि अध्यापन गर्नुभएको थियो । विद्यालयको लागि ऐतिहासिक कार्यले विद्यालयको लागि धेरै राहत हुने विद्यालयले जनाएको छ ।
कहिले समूदायको पहेदार भएर कहिले साहित्य तर्फ आफ्नो कृति निकालेर कहिले समूहगत कार्यक्रम गरेर कहिले किवी खेतीको कृषक वनेर कहिले खेलक्षेत्रमा उर्जा थपेर कहिले स्काउटमय वातावरण वनाएर त कहिले संगीतमा लगाव राखेर अनि कहीले कुशल शिक्षक बनेर भण्डारीले आफ्नो फरक फरक पहिचान दिँदै आउनुभएकाे छ ।