वडा स्तरीय पुरुष भलिवलको उपाधी आयोजक योङ स्टार लाई

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका ७ दुवाचौरमा सप्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ ।

अज सम्पन्न फाइनलमा जुगल गाउँपालिका-४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची -७ सेल्लेलाई पराजित गर्दै जुगल -६ ले तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा १७ टिम सहभागी रहेका आयोजक योङ स्टारका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयाे । प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी मेलम्ची -७ सेल्लेका सोनाम तामाङ, बेस्ट लिफ्टर आयोजक योङ स्टार मेलम्ची -७ का लोकेस तामाङ , बेस्ट स्पाइकर जुगलका मनोज श्रेष्ठ , उत्कृष्ट डिफेन्डर जुगलका सुमन श्रेष्ठ घोषित हुनुभएकाे छ ।

Leave a Reply