सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता वंशलाल तामाङले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हुनुभएको छ । उहाँले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
चार दशकभन्दा लामो लोकतान्त्रिक तथा राजनीतिक यात्रामा सक्रिय तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन निर्माणमा योगदान पुर्याउँदै आउनुभएको छ ।
तामाङले कांग्रेसको महासमिति सदस्य, इन्द्रावती गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसम्मका विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
पछिल्लो समय उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।
पार्टी संगठनमा लामो अनुभव र जनप्रतिनिधिका रूपमा समेत काम गरेको अनुभवका आधारमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको तामाङको भनाइ छ।
उहाँको उम्मेदवारीसँगै सिन्धु काँग्रेसमा उत्सहा बढेको छ ।
