टाकुरेमा आगलागी हुँदा १ घर, १ टहरा जलेर नष्ट, २३ लाखकाे क्षति

नवलपुर, इन्द्रावती गाउँपालिका वडा नम्बर ४ स्थीत टाकुरेमा आगलागी भएको छ । इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घर र कुखुराको टहरामा आगलागी भएको हो । आगलागीका कारण अनुमानित २३ लाख २७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाइँले जानकारी दिनुभयो । कुखुराको टहरोमा भएको ग्याँस बुडर बाट आगो सल्किएको […]

Continue Reading

प्रथम 7A साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक ए ले उचाल्यो 

प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक इन्द्रावती सृजनशील समाजको ए टीमले उचालेको छ । आज भएको फाइनल खेलमा इन्द्रावती ५ लाई १–० गोलले पराजित गर्दै आयोजक ए ले उपाधि उचालेको हो ।  हिजो भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा […]

Continue Reading

हेलम्बु गाउँपालिकामा १० वर्ष पुराना गाडीमा पर्यटक बोक्न नपाइने

रेडियो मिसन, नवलपुर हेलम्बु गाउँपालिकाले १० वर्ष पुराना गाडीहरूलाई पर्यटक बोक्न नदिने तयारी गरेको छ । बुधबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाले यो निर्णय लिन लागेको हो । पालिकाद्वारा जारी विज्ञप्तिमा १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकिएको जानकारी दिइएको छ । आगामी कार्यपालिकाको बैठक बाट […]

Continue Reading

हेलम्बुमा जिप दुर्घटना २ को मृत्यु ,५ घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुजर जीप दुर्घटना हुँदा हेलम्बु घुम्न आएका दुई भुटानी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी निरञ्जन भट्टराईका अनुसार मृत्यु हुने भुटानी नागरिक बर्ष […]

Continue Reading

समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया मेलम्चीमा सम्पन्न

समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आठ वटा सामुदायिक विपद व्यवस्थापन समिति र हेलम्बुको छ वटा विपद व्यवस्थापन गरि १४ वटा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष र पूर्व सूचना प्रणाली संयोजकहरूकाे उपस्थिति थियो । कार्यक्रममा मेलम्ची नगरपालिका विपद शाखा प्रमुख सुजन दुलाले सामुदायिक विपद व्यवस्थापन समितिको काम […]

Continue Reading

बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधिको लागी आयोजकको ए टोली र इन्द्रावती ५ भिड्ने

रेडियो मिसन, नवलपुर । प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधिको लागी आयोजकको ए टोली र इन्द्रावती ५ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा इन्द्रावती ९ […]

Continue Reading

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन 

रेडियाे मिसन, पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका पालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको सुविधा सम्पन्न भवनबाट नागरिकले छिटो, छरितो र सहज सेवा पाउनुपर्नेमा जोड दिनुभयो । विविध सकारात्मक […]

Continue Reading

बूढीचौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । इन्द्रावती ५, इन्द्रावती १२ को ए टोली, आयोजक सृजनशील युवा समाज र इन्द्रावती ९ सेमिफाइनलमा पुगेका हुन् । यी टोलीले क्रमशः सिएन युवा क्लब इन्द्रावती ९, इन्द्रावती ३, इन्द्रावती ११ बि र इन्द्रावती ११ को […]

Continue Reading

“समुदायमा काँग्रेस” अभियान : सिन्धुपाल्चोकले पनि वडा तहसम्म प्रतिनिधि खटाउने

रेडियो मिसन ।  आजदेखि नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रूपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ । यही अभियानअन्तर्गत महामन्त्री […]

Continue Reading

बूढी चौर कप 7A साइड फुटबल प्रतियोगितामा तेस्रो दीन ५ खेल सम्पन्न

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० मा आज तेस्रो दिन ५ खेल भएका छन् । आज भएको पहिलो खेलमा गोल्मादेबी गैरीगाउँ तामाङ समाज र सि एन युथ क्लब इन्द्रावती ९ को खेल १ १ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो […]

Continue Reading