रेडियो मिसन ।
अरुणिमा परोपकार प्रतिष्ठान काठमाडौले प्राकृतिक प्रकोप बाढीबाट प्रभावित सिन्धुपाल्चोकको अग्रणी शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम संरक्षणका लागी आर्थिक सहयोग गरेको छ । अरुणिमा परोपकार प्रतिष्ठानले आज एक कार्यक्रमका बिच विद्यालयलाई ३ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवम् अरुणिमा परोपकार प्रतिष्ठानका सदस्य शेरबहादुर तामाङले आफुले पढेको विद्यालयमा अहिले अरुणिमा संग जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले विद्यालय र बजार संरक्षणको लागी आफु सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यो क्षेत्रको संरक्षण गर्ने,जोगाउने आफ्नो जिम्मेवारी र दायित्व भएकाले सबै संग समन्वय गर्दै अगाडी बढ्ने बताउनुभयो । तामाङले यो मुलुकको समृद्धिको लागी सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थी हरुलाई असल मान्छे बन्नलाई आग्रह गर्नुभयो ।
अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले आफ्नो बाल्यकाल स्मरण गर्दै प्रतिष्ठानले गरेको कामको जानकारी गराउनुभयो । अध्यक्ष ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा प्रतिष्ठान मार्फत ३ लाख १ हजार सहयोग हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।
त्यस्तै बरिस्ठ साहित्यकार तथा पत्रकार बिजय चालिसेले एउटा शैक्षिक संस्थाले अर्को शैक्षिक संस्थामा परेको अफ्ट्यारो गरेको सहयोगको प्रशंसा गर्नुभयो । कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक इश्वरीप्रसाद लामिछानेले अरुणिमाको बारेमा जानकारी दिदै बाढीले बनाएको बिकराल स्थिति बाट माथी उठ्नका लागी सहयोग गरिएको बताउनुभयो । उहाँले यहाँको विद्यार्थी र शिक्षक हरुबिच र अरुणिमाका शिक्षक विद्यार्थीहरु बिच सिकाइ क्रियाकलाप आदानप्रदान गर्ने योजना रहेको बताउनुभयो । लामिछानेले शैक्षिक तथा अन्य गतिविधिहरु निरन्तर समन्वय गर्ने कुरामा आफु सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्व प्रधानाध्यापक तथा पुर्व अध्यक्ष हरिकुमार शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष झलक पण्डित,पुर्व अध्यक्ष सुर्यमान तामाङ, विद्यालयका प्रधानाध्यापक कुमार घोरासैनी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष किटि तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष तामाङले बाढीका कारण क्षति भएको विद्यालयलाई संरक्षणका लागी गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । उहाँले विद्यालयको उन्नयनको लागी आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।