गोल्मा राजारानीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । दिगो शान्तिका लागि उन्नत संबन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको आयोजनामा भएको कार्यक्रममा गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सुशासन तथा सिमाना संबन्धी द्वन्द्वमा साझा विकल्प पारितको संयुक्त बैठक समेत सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले भएको ७ बुदेँ सहमती कागजमा मात्र न भै ब्यबहारमा पनि कार्यन्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले ७ बुदेँ सहमती कार्यन्वयन गर्न बनेको यो समितिको संयोजकले मात्र नभइ सबै उपभोक्ता हरुको सहयोगमा छिटो र छरितो कार्यन्वयन हुने भएकाले सबैले सगयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी प्रधानले अहिले मेलम्ची नगरपालिका भित्र यस्ता बन उपभोक्ता समिती धेरै बनेको देखेको भन्दै त्यसले गर्ने काम कर्तव्य,अधिकारका बिषयमा अनुगमन तथा निर्देशित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक रिता मानन्धरले यो विबादमा भएका सहमतिको बुदाँ हरु कार्यन्वयन गर्नुहुन अनुरोध गर्नुभयो । यो बिबाद समाधान गर्नका लागि अहोरात्र खट्नुहुने माकुरा समूह र प्राकृति श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका सहजकर्ता लगाएत अन्य सरोकार समितिलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले सके सम्म समाजमा अब यस्ता विबाद हुन न दिन र भै हालेमा छिटै समाधान गर्न यहाँ हरुको उल्लेख्य भुमिका रहनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा प्राकृति श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता द्वय बिदुर गिरि र टिका सुवेदी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

Leave a Reply