काँङ्ग्रेस सिन्धुपाल्चोक ईतर पक्षकाे सभापतिमा बालकृष्ण बस्नेत

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाली काँङ्ग्रेसकाे सँस्थापन ईतर पक्षकाे सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत सभापतिमा निर्विराेध भएका छन् ।
साेमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाकाे मेयरसमेत रहेका बस्नेतलाई सभापतिमा निर्विराेध चयन गरेकाे हाे ।अधिबेशनबाट उपसभापतिमा गाेरखध्वज लामा र प्रदिप गुरूङ , सचिवमा निराजन चाैलागाई र रामचन्द्र बुढाथोकी सह- सचिवमा रूपक पुरी र काेषाध्यक्षमा सुजन पाैड्याल निर्विराेध निर्वाचित भएका छन् । सदस्यहरूमा कुल बहादुर न्याैपाने, शेर बहादुर राय, श्याम सुन्दर पाख्रीन,बिष्णुमाया तामाङ , अनिल तामाङ लगायत निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनको उद्घाटन कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका थिए । संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर अधिवेशन सञ्चालन गरिरहेको इतर पक्षले आइतबार र सोमबार देशभर जिल्ला अधिवेशन आयोजना गरेको हो ।

जिल्ला अधिवेशन सम्पन्न गरेसँगै इतर पक्षले आगामी मंसिर ४ गतेका लागि तय गरेको प्रदेश अधिवेशनको तयारी अघि बढाएको छ । त्यसपछि मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने इतर पक्षको तयारी छ ।

Leave a Reply