रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला लागेको छ । मन्दिर संरक्षण समितिको आयोजनामा भएको मेलामा गाउँपालिका भरिका श्रद्दालु भक्तजनहरुले बिहानै देखि पुजा आजा गरेका छन । साथै मन्दिर परिसरमा होम रुद्री सत्यनारायण पुजा र पाठ चलिरहेको छ । यस मन्दिरमा बिशेष गरि हरितालिका तिज, शिवरात्री, गाइजात्रा, बडा दशै लगाएत विभिन्न पर्वहरुमा मेला लाग्ने गरेको छ । यस अघि हरितालिका तिजमा हुने मेलामा जिल्लाका करिव ४० गाबिसका ५० हजार भन्दा बढी भक्तजनहरुले मेला भर्ने गरेकोमा अहिले नियमित पुजा गर्न समेत समस्या रहेको संरक्षक अर्जुन बिक्रम पाण्डेले बताउनुभयो ।
२०७२ सालको भूकम्पले चिरा चिरा परेको यस मन्दिर अहिलेसम्म पनि जीर्णोद्वार हुन नसकेको साथै त्यसयता मोहीहरूबाट उठ्नुपर्ने कर समेत उठ्न नसकेकोले नियमित पूजा आज हुन नसकेको उहाँले जानकारी दिनुभयो । करिब १८ हजार ४५२ रोपनी सम्पति रहेको उक्त मन्दिरको संरक्षणमा स्थानीय तहले ध्यान नदिएको संरक्षकहरुको गुनासो छ । मन्दिरको उचित ब्यवस्थापन तथा प्रचार हुन सकेमा पालिकाको मात्रै नभई जिल्लाकै महत्वको धार्मिक स्थल बन्ने उहाँहरुको बुझाई छ । अथाहा सम्पती मन्दिरको नाममा भए पनि अहिले नियमित पुजा आज गर्न समेत संरक्षकहरुले ब्यक्ति गत खर्च गर्न पर्ने अवस्था रहेको छ ।
मन्दिरको उक्त सम्पत्ति निजि भएपनी गुठीको रुपमा भोकचलन भैरहेको तर त्यसबापत मन्दिरको नाममा उठ्नपर्ने आयास्था उठ्न नसकेकोले यसमा स्थानीय तह स्तरमै तिरो उठाउने व्यवस्था गरि मन्दिरलाई व्यवस्थित बनाउन सहयोग गर्न पर्ने उहाँहरुको माग छ ।
भीमसेन थापाका कान्छा भाइ रणवीर सिंह थापाले युध्दकालमा मृत्यु भएका आफ्ना श्रीमतीहरू यसो प्रीत कुमारी र नैन कुमारीको सम्झनामा उनिहरुकै नामबाट नामकरण गरि विक्रम सम्वत १८८६ मा उक्त ऐतिहासिक मन्दिर निर्माण भएको मन्दिर संरक्षक अर्जुन विक्रम पाण्डेले जानकारी दिनुभयो ।