इन्द्रावती गाउँपालिका स्तरीय वडाध्यक्ष रनिङ शिल्ड भलिबलको उपाधी इन्दावती ७ रातोलाई

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन नवलपुर ।
इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधी इन्दावती ७ को रातो टिमले हात पारेको छ । इन्दावती ७ को आयोजनामा राजेश्वरी माबिको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा इन्द्रावती ५ लाई पारजित गर्दै रातो टिमल उपाधी हात पारेको हो । बिजयी टोलीलाई बागमती प्रदेश सभाका सदस्य अमृता नेपाल (प्रभा) ले पुरष्कार बितरण गर्नुभएको थियो । बिजेता टोलीले ४० हजार नगद सँगै रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको इन्द्रावती ५ ले २० हजार र तेस्रो हुन सफल इन्दावती ७ को निलो टिमले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त पाएको छ ।

विधागत तर्फ उत्कृष्ट सर्भर इन्द्रावती–८ का राजेश श्रेष्ठ, उत्कृष्ट लिबेरो इन्द्रावती–५ का आइमान तामाङ, उत्कृष्ट ब्लकर इन्द्रावती–५ का मनोज तामाङ, उत्कृष्ट सेटर इन्द्रावती–६ का रोशन तामाङ, उत्कृष्ट स्पाइकर इन्द्रावती–७ रातोका सुवास न्यौपाने र उत्कृष्ट खेलाडी इन्द्रावती–७ रातोका समीर तामाङ घोषित भएका छन् । त्यसैगरी उत्कृष्ट कोचको उपाधी इन्द्रावती–७ रातोका प्रताप सिं तामाङले हात पारेका छन् । बेस्ट प्लेयरलाई नगद रु.५,०००, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ भने अन्य विधागत उत्कृष्टता हासिल गर्नेलाई जनही नगद रु.२,०००, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ ।

फागुन २४ गतेबाट सुरु भएको खेलमा इन्द्रावतीका १२ वटा वडामध्ये ७ वटा वडाका ९ टिमले प्रतियोगितामा सहभागिता जनाएको युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो । फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य अमृता नेपाल (प्रभा) ले सिन्धुपाल्चोक भलिबलको विकासका लागि यो रनिङ शिल्ड भलिबल प्रतियोगिता कोसेढुङ्गा साबित हुने बताउनुभएको थियो ।

Leave a Reply