मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा पुर्व प्रबन्धक तिवारीलाई बिदाई
मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आआफ्नो महत्त्व हुने भएकालेे खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आगामी मेयरकपमा भलिबल,फुटबल,ब्याडमिन्टन,कराँते,म्याराथन लगायतको खेल खेलाइने जानकारी दिनुभयो । उहाँले नियमित रुपमा खेलकुदमा आवद्ध हुनुपर्ने भन्दै क्रियाशिल भएर लागेमा सबैले सबै खेल खेल्न बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले प्रतियोगितामा विजेताहरुलाई बधाई दिदै आगामी दिनमा पनि सफलताको लागी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची -७ का वडा अध्यक्ष पासाङ तामाङले खेल मार्फत स्वास्थ्य रहन मद्धत गर्ने बताउँदै एकेडेमीले गरिरहेको सामाजिक कामको प्रशंसा गर्नुभयो । उहाँले नेपाल बैंक मेलम्चीका निवर्तमान प्रबन्धक रोशन तिवारीको यो समय सम्मको सेवाकालागि आभार व्यक्त गर्नुभयो । उहाँले दुवाचौरको वडा कार्यालय परिसरमै ब्यबस्थापन गरेर ब्यबस्थित गरि कोर्ट बनाएर दुवाचौर ब्याडमिन्टन एकेडमी मार्फत खेल विकासको लागि लागेको बताउनुभयो ।

एकेडमीका सचिव ऋषि नेपालले चैतमा तेस्रो मेयरकप ब्याडमिन्टन गर्ने जानकारी दिदै महिला सहभागी गराउने प्रयास गर्ने बताउनुभयो । एकेडेमीमाका अध्यक्ष कुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सापकोटाले रोशन तिवारी जस्तो सामाजिक ब्यक्तिलाई बिदाइ गर्न पर्दा दु:ख लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।


साधारणसभाको अवसरमा ब्याडमिन्टन एकेडेमी मेलम्चीका सदस्य एवम नेपाल बैंक मेलम्चीका निवर्तमान प्रबन्धक रोशन तिवारीलाई बिदाइ गरिएको छ । मेलम्ची बाट चित्लाङ सरुवा हुनुभएको तिवारीलाई एक कार्यक्रमका बिच आज सम्मान गर्दै बिदाइ गरिएको हो ।

कार्यक्रममा बिभिन्न प्रतियोगिता बिजेता किसन दुलाल र राजन श्रेष्ठको जोडिलाई सम्मान गरिएको थियो भने क्रीकेट संघ सिन्धुपाल्चोकको सचीव हुनुभएकोमा राजु सापकोटालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा एकेडेमीका सल्लाहकार सिपि दुलालले स्वागत मन्तव्य राख्नुभयो । नगरले कबर्ड हल बनाउन सहयोग गरेको र टेन्डर आह्वान भएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै इन्द्रावती बहुमुखी क्याम्पसका प्रामुख राधाकृष्ण श्रेष्ठले खेल संगै सामाजिक कार्यमा लागेकोमा आभार व्यक्त गर्दै सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै मेलम्ची टारमा लक्ष्मण दुलालले कार्यालय स्थापनाका लागी १ कोठा निशुल्क उपलब्ध गराउने यस अघि नै प्रतिबद्धता जनाइसक्नुभएको छ ।

त्यस्तै नगर प्रमुख तामाङले कार्यालय व्यवस्थापनका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।निवर्तमान नेपाल बैंकका प्रबन्धक तिवारीले मेलम्चीलाई सदैव सम्झने बताउदै साथ सहयोग रहने बताउनुभयो ।

Leave a Reply