रेडियो मिसन ।
प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।
दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद हुनुभएका माओवादी केन्द्रका नेता स्व। रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिलाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो । प्रतियोगीतामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतिय सिन्धुलिको कमलामाई नगरपालिका भएको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनु भयो ।
सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगीतामा बागमति प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताउनु भयो । प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार र तृतिय हुने टिमलाई ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।