रेडियो मिसन ।
राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दोलन परीचालन समिती बनेको छ । चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो ।
आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा. राजेश गिरीले प्रजातन्त्रमा जनता भन्दा ठुलो कोहि नहुने बताउउँदै जनता भन्दा माथि उठ्न खोजे तानासाह बढ्ने बताउनुभयो ।
प्रजातन्त्रमा जुनसुकै अवस्थामा पनि नेताले जनताको कुरा सुन्न पर्ने र जनताको कुरा नसुन्ने नेता असफल हुने बताउनुभयो । कार्यक्रममा प्रशिक्षण बिभागका उप प्रमुख खुश्बु ओेलिले अब छिटै नेपालमा व्यवस्था परिबर्तन हुने र स्वदेसमै रोजगारको व्यवस्था गरिने बताउँनुभयो । उँहाले यो आन्दोलनमा सहभागी हुन सबैमा आग्रह समेत गर्नुभयो ।
अवस्था बदल्न व्यवस्था बदलौ भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक जिल्ला निर्माण ब्यवसायि सङ्घको सभाहलमाभयको परशिक्षण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, केन्द्रीय सदस्य उदय सापकोटा, माननीय कुमारी तामाङ्, जिल्लाका पार्टि अधयक्ष निलध्वज थापा लगाएतको उपस्थति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षण बिभागका उपप्रमुख खुश्बु ओेलि, केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा राजेश गिरीले आन्दोलनको आबश्यकताका बारेमा जानकारी दिनु भयो । उहाँहरुले राप्रपाले अब निर्णायक आन्दोलमा लागेका बताउँनुभयो । उहाँहरुले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने भएकोले आन्दोलनको बिकल्प नरहेको बताउनुभयो ।
आन्दोलन अनुशासित र मर्यादित हुने बताउँदै जनताको साथ लिएर आन्दोलनमा गएको राप्रपाको ‘आन्दोलन परिस्थिति झन् भन्दा झन् हाम्रो लागि अनुकूल बन्दै आएको बताउँनुभयो । पार्टी जिल्ला अध्यक्ष निलध्वज थापाले १६ गतेको आन्दोलनमा सिन्धुपाल्चोकबाट हजारौको सख्ंयामा काठमाण्डौ जाने बताउनुभयो । यो आन्दोलन राप्रपा पाटीको मात्र नभइ सिङ्गो राज्यको हितका लागी भएकाले यो आन्दोलनमा धेरै भन्दा धेरै नागरिकहरु सहभागी हुने बताउँनुभयो ।
केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले सनतान धर्ममावलम्बीहरुले आन्दोलनलाइ साथ दिने भएकाले आन्दोलन ऐतीहासिक हुने बताउनुभयो । अर्का केन्द्रीय सदस्य उदय सापकोटाले नेपालका नागरिकले खोजेको, रोजेको व्यवस्थाका लागी आन्दोलनमा स्वत नागरिकहरु उपस्थिती हुने बताउनुभयो । महीला नेतृ माननीय कुमारी स्याङतानले आन्दोलनमा पुरुष महीला सबैको सहभागीता रहने बताँनुभयो ।