शिक्षा विधेयकको व्यवस्थाविरुद्ध शिक्षक महासंघद्धारा ईन्द्रावती गाउँपालिकामा धर्ना

प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ ईन्द्रावतिले गाँउपालिकाको कार्यालयमा धर्ना दीएको छ । शिक्षक महासंघले सुरुदेखि नै माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो […]

Continue Reading

पाँचपाेखरी जाेड्ने बैकल्पिक मार्ग स्तराेन्नती गरिँदै, नापजाँच गर्न नगरप्रमुख सहित इन्जिनियर फिल्डमा

ज्यामिरे । मेलम्ची नगरपालिका बाट पाँचपाेखरी जाेड्ने बैकल्पिक मार्ग स्तराेन्नती गरिने भएकाे छ । झरीकाे समयमा पनि सडक स्तराेन्नतीकाे लागी मेलम्ची नगरप्रमुख आइतमान तामाङ सहित इन्जिनियरहरूद्वारा नापजाँच गरिएकाे छ । मेलम्ची बाट ज्यामिरे, सुनखानी हुँदै पाँचपाेखरीकाे लाँगर्चे, लाँगर्चेबाट भाेटेनाम्लाङ हुँदै गुन्सा भाेताङ जाेड्ने सडकलाई बैकल्पिक मार्गकाे रूपमा प्रयाेग गरिने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयाे । […]

Continue Reading

समुहमा काम गरे शैक्षिक गुणस्तर अभिवृद्वि गर्न सकिन्छ : अध्यक्ष खड्का

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले टिम वर्क नभएमा शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर बृद्विको लागी प्रधानाध्यापक, विव्यस, अभिभावक, जनप्रतिनिधि सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दीनुभएको छ ।शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण उहाँले सो कुरा […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार छ : नगरप्रमुख तामाङ

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरु संग मेलम्ची नगरपालिका वडा नं ९ मा भएको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रम लाई आज सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख तामाङले शैक्षिक गुणस्तर अभिवृद्विको लागि जहाँ बजेट आवस्यकता […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै समापन भएको छ । श्रावण २६ र २७ मा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ, विव्यसका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । वडाको शैक्षिक गुणस्तर बृद्विको लागी कार्यक्रमको आयोजना गरिएको वडा […]

Continue Reading

प्रभातफेरी र वृक्षारोपण गरी मनाईयो २४औं अन्तर्राष्ट्रिय युवा दिवस

आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस, सिन्धुपाल्चोकमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा चौतारा बहुमुखी क्याम्पसमा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम गरीएको छ । साथमा वृक्षारोपण कार्यक्रम गरीएको जिल्ला युवा समिति सिन्धुपाल्चोकले जनाएको छ । धुपि , फुलका बिरुवा लगाएत विभिन्न जातका बिरुवाहरु रोपिएको छ । प्रमुख अतिथि […]

Continue Reading

जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैक्षिक तथा अध्ययन सहयोग

चौतारा ११ को जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैग्कि तथा अध्ययन सामाग्रि सहयोग गरीएको छ । हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास मावि पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ । जनविकास माविमा सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, […]

Continue Reading

संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसको आन्तरिक अभियान सुरु

नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति द्वारा आयोजित नेपाली कांग्रेस विशेष आन्तरिक अभियान २०–३० श्रावण २०८० कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सुरु भएको छ । जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा संगठनलाई कसरी सुदृढ र मजबुत बनाउन सकिन्छ भन्नेमा जिल्लाका विभिन्न तहमा रहेका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । नेपालि कांग्रेसले १४ […]

Continue Reading

संगठन बचाउन हामि संधै लागिपरेका छौं : सभापति तामाङ

नेपालि कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापति आईतमान तामाङले पार्टीको संगठन बचाउन संधै लागिपरेको बताउनुभएको छ । पार्टीको हरेक तहमा रहीरहँदा संगठन बचाउने काममा संधै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति द्वारा आयोजित नेपाली कांग्रेस विशेष आन्तरिक अभियान २०–३० श्रावण २०८० कार्यक्रममा उहाँले सो […]

Continue Reading

मन्त्री बस्नेतले १०० दिनमा गरेका १०७ उपलब्धीहरु सार्वजनिक

रेडियो मिसन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पुरा भएको छ । यसै अवसरमा मन्त्री बस्नेतले एक सय दिनमा आफूले गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा मन्त्री बस्नेतले एक सय दिनमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।मन्त्री बस्नेतले […]

Continue Reading