समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया मेलम्चीमा सम्पन्न

* # विविध समाचार समाज सिन्धुपाल्चोक

समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आठ वटा सामुदायिक विपद व्यवस्थापन समिति र हेलम्बुको छ वटा विपद व्यवस्थापन गरि १४ वटा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष र पूर्व सूचना प्रणाली संयोजकहरूकाे उपस्थिति थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिका विपद शाखा प्रमुख सुजन दुलाले सामुदायिक विपद व्यवस्थापन समितिको काम कर्तव्य बारे जानकारी दिनुभएको थियो । त्यसैगरी हेलम्बु गाउँपालिका विपद शाखा प्रमुख हरि बहादुर श्रेष्ठले हेलम्बु भित्र विपद सम्बन्धी भए गरेका कार्य बारे प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रम संयोजक इच्छाराम सापकोटाले पूर्व सूचना प्रणाली मा भैरहेको विकास र परियोजनाले राखेको स्वचालित स्टेसन बारे समुदायमा आउने सूचना प्रणालीको बारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागी लाई तिन भागमा विभाजन गरि २०७८ साल असार १ को बाढी अघि रहेको पूर्व सूचना प्रणाली र अहिलेको अवस्थामा चलिरहेको पूर्व सूचना प्रणाली र अब सुधार गर्नुपर्ने विषयमा छलफल चलेको थियो ।

ग्यालथुम सेरा विपद व्यवस्थापन समितका अध्यक्ष भरत बहादुर कार्कीले विपद व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू यस विपद व्यवस्थापन समिति मार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि जालपादेवी विपद व्यवस्थापन समिति अध्यक्ष प्रशान्त नेपालले जंगली जनावरको आतङ्कले समुदायमा आतंक बढ्दै गएको र मुख्य खोला मात्र नभई साखा खोलाबाट हुने जोखिमलाई पनि संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो ।

सामुदायिक विपद व्यवस्थापन अध्यक्षहरूले समुह कार्य मनसुनी समय गरिएको असल अभ्यासको बारेमा जानकारी दिँदै सही समयमा पूर्व सूचना प्राप्त गर्न सके समुदायमा क्षति कम हुने बताएका थिए । कार्यक्रममा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्षहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यक्रम संयोजक सापकोटाले सामुदायिक विपद व्यवस्थापन समितिहरूको संगठन तथा क्षमता विकासले विपद व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले पालिकाहरूको वार्षिक नीति तथा कार्यक्रम भित्र सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता विकास गरिने प्रकृतिको योजना समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।

विपद बाजा बजाएर आँउदैन अप्रत्याशित हुने बिपद्का घटनाहरूलाई प्रतिकार गर्न समुदाय सशक्त हुन आवश्यक रहेको बताउनुभयो कार्यक्रममा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्षहरूले समुदाय स्तरमा नै क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न सके थप प्रभावकारी हुने बताएका थिए ।

USAID, प्राक्टिकल एक्सनको सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी प्रल्हाद चालिसेले सञ्चालन गर्नुभएको थियो भने सहजीकरण संस्थाका कर्मचारी श्याम लामिछानेले गर्नुभएको थियो।

Leave a Reply