महेन्द्र माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव सम्पन्न

रेडियो मिसन, हेलम्बु । श्री महेन्द्र माध्यमिक विद्यालय हेलम्बु गाउँपालिका ६ सिन्धुपाल्चोकको ६२ औं वार्षिक उत्सव तथा १९ औं अभिभावक सम्मेलन एवं १३ औं आजीवन सदस्य भेला सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर्पाले गुणस्तरीय शिक्षा प्रदानका लागि गाउँपालिकाले गरिरहेका कामका बारेमा जानकारी गराउनुभयो । […]

Continue Reading

लायन्स क्लबद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रेडियो मिसन, नवलपुर ।  ‘लायन्स क्लब ब्राइट भिजन’ काठमाडौँद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । क्लबले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सुर्यकोटमा रहेको कालिका आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब अफ ब्राइट भिजन डिस्ट्रिक्ट नेपालको आयोजना र लायन्स क्लब काठमाडौँ हाइ भिजन, लायन्स क्लब काठमाडौँ दिव्य दृष्टि, […]

Continue Reading

शैक्षिक क्षेत्रमा अब्बल नगर बनाउने योजना छ : प्रमुख तामाङ 

रेडियो मिसन, सिन्धुकोट । समग्र मेलम्ची नगरको शैक्षिक गुणस्तर बृद्वि गर्नको लागि सबैको सल्लाहमा काम गर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक रुपमा नगरपालिकालाई अब्बल बनाउने योजना सहित काम गरिरहेको उहाँले बताउनुभयो । श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । विद्यालय […]

Continue Reading

सिन्धु पुरानागाँउ माविको ७४ औं वार्षिकोत्सव तथा ६८ औ अभिभावक सम्मेलन सम्पन्न 

रेडियो मिसन, सिन्धुकोट । श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिचमा बिच विद्यालयले ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्वोधन गर्दै मेलम्चीका नगर प्रमुख आइतमान तामाङले सिन्धुपुराना गाउँ मावि को विद्यालय वरिपरि तारजाली लगाएर […]

Continue Reading

चौतारा नगरपालिकाले विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी समायोजन गर्ने

रेडियो मिसन, चौतारा ।चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा रहेका ८१ वटै विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । नगरपालिकाकी उपप्रमुख सिता थापाको नेतृत्वमा भएको सबै विद्यालयको अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलानको तयारी गरिएको हो । नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय नक्साङ्कन तथा अनुगमन […]

Continue Reading

हेलम्बुमा टिचिङ सेन्टरको सुरुवात

रेडियो मिसन, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) केन्द्र स्थापना गरेको छ । पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणामा आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । २१ औं शताब्दिको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जिवनोपयोगी बनाउन यो अवधारणा ल्याईएको उहाँको भनाइ छ । […]

Continue Reading

माध्यामिक तह सम्मको शिक्षा निःशुल्क लिन पाउने अधिकार स्थानीय तहले कार्यान्वयन गर्नुपर्छ – सांसद बस्नेत

रेडियो मिसन, बाह्रबिसे ।नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारले अब कक्षा १ देखि १२ सम्म निशुल्क पढाउन पर्ने बताउनुभएको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका बस्नेतले नेपालको संविधानले दिएको अधिकारलाई सरकारले बेवास्ता गरेर निम्न वर्गका नागरिकको शिक्षा पाउने अधिकारलाई बञ्चित गरेको आरोप लगाउँदै सरकारले देशभरका स्थानीय तहले कक्षा १ देखि १२ सम्म निःशुल्क […]

Continue Reading

सिम्पालेश्वरीको ५८ औं बार्षिकोत्सव सम्पन्न

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका १ मा रहेको सिम्पालेश्वरी माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष आइतामान तामाङको सभापतित्व र वडा नम्बर १ का अध्यक्ष चीन लाल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रमुख अतिथि नेपालले सिम्पालेश्वरी माविमा आगामी […]

Continue Reading

भिमेश्वरी माविको ६१ ओै बार्षिक उत्सव सम्पन्न

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउपालिका वडा नम्बर १२ भिमटारमा रहेको भिमेश्वरी माध्यमिक विद्यालयले मंगलबार आफ्नो ६१ ओेै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद माननीय मोहन बहादुर बस्नेतले स्थानीय सरकारसँग समन्वय गरि बिद्यालयमा प्रविधिक शिक्षाको निम्ति पहल गर्ने बताउनुभयो ।बस्नेतले विगतमा वंशलाल तामाङको नेतृत्वको स्थानीय […]

Continue Reading

बाबुआमा विहिन बालबालिकाको संरक्षण ईन्द्रावतीले गर्ने

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाँउपालीकाले आमाबाबु विहीन बालबालीकाहरुको शंरक्षणमा अग्रसरता देखाएको छ । बागमती प्रदेश सरकारबाट सशर्त अनुदान प्राप्त कार्यक्रम अनुसार गांउपालिकाले यो कामको सुरुवात गर्न लागेको हो । गाउँपालीकाभित्रका आमा बाबु दुवै गुमाएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको सुनिश्चितताका लागि आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन हुने गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । […]

Continue Reading