‘चेन्ज एक्सन नेपाल’ द्वारा विद्यार्थीका अभिभावकलाई बाख्राका पाठी वितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावतीमा शिक्षा र प्रगतिको नयाँ बिहानी उदाएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर पाँच स्थित श्री ऐशेलुखर्क माध्यमिक विद्यालयका बत्तीस बालबालिकाको लागी, ‘चेन्ज एक्सन नेपाल’ भरोसाको बनेर उभिएको छ।

​संस्थाले हालै चौबीस जना विद्यार्थीको वर्षभरिको शैक्षिक शुल्क वापत दुई लाख छैसठ्ठी हजार दुई सय पचास रुपैयाँ हस्तान्तरण गरेर उनीहरूको पढ्ने वातावरण सुनिश्चित गरेको छ।

​शिक्षाका साथै आत्मनिर्भरतामा जोड दिँदै, संस्थाले बीस जना विद्यार्थीका अभिभावकलाई बाख्राका पाठी वितरण गरेको छ।

यसले ग्रामीण परिवारको आयस्रोत बढाउन मात्र सघाउने छैन, बरु उनीहरूलाई आफ्नै खुट्टामा उभिन मद्दत गर्नेछ। साथै एक परीवारलाइ तरकारी खेतीका लागी टनेल समेत वितरण गरेकाे थियाे ।

​कार्यक्रममा संस्थाकी कार्यक्रम अधिकृत रोमीला घलेले बाख्रा पालनको बहुआयामिक फाइदा स्पष्ट पार्नुभयो। कार्यक्रम अधिकृत घलेले भन्नुभयो, “हाम्रो उद्देश्य केवल सहयोग गर्नु मात्र होइन, बाख्रा पालन जस्ता आयमूलक कार्यक्रममार्फत अभिभावकलाई आत्मनिर्भर बनाउनु पनि हो।”

​यसैगरी, प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले खुसी व्यक्त गर्दै भन्नुभयो, “संस्थाको यस कदमले विद्यालय नआउने बालबालिकालाई कक्षाकोठासम्म तानेको छ, जसले उनीहरूको शैक्षिक भविष्यलाई नै उज्यालो बनाएको छ।” प्रधानाध्यापक श्रेष्ठले सन्तोष व्यक्त गर्दै भन्नुभयो, “यो सहयोगले टाढा-टाढाका विद्यार्थीलाई समेत विद्यालय आउन प्रेरित गरेको छ। नियमित पठनपाठनले उनीहरूको दैनिकी र शैक्षिक स्तरमा ठूलो सुधार ल्याएको छ।”

​अभिभावक अर्जुन तामाङ र रिता कटुवालकाे यस अवसरले उनीहरूको वर्षाैंको चिन्ता दूर गरिदिएको छ। उनीहरूका लागि यो केवल आर्थिक सहयोग मात्र होइन, सन्तानको भविष्यको सुनिश्चितता बनेको छ। विद्यार्थी प्रदीप नेपाली र आशिका नकर्मीले थपे, “पोशाक र शैक्षिक सामग्रीको जोहोले हामीलाई आत्मबल दिएको छ। अब निर्धक्क भएर पढ्ने रहर जागेको छ।”

​चेन्ज एक्सन नेपालले देखाइदिएको यो बाटोले ग्रामीण बालबालिकाको सपनालाई पखेटा हालिदिएको छ, र उनीहरूलाई उज्ज्वल भविष्यतर्फ डोर्‍याइरहेको छ। संस्थाले बालबालीका विद्यालय र सचेतनाकाे क्षेत्रमा विगत ६ बर्षदेखी काम गरीरहेकाे ५ ।

Leave a Reply