गाउँमै बसेर पढ्ने वातावरण तयार गर्न सबै लाग्नुपर्छ : अध्यक्ष शेर्पा

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुदैँ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याचलर सम्म निशुल्क: अध्ययनको व्यवस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जीवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौँ तथा विदेश गएर पढ्दा खर्च धेरै हुने भएकाले अब हेलम्बुमै सिकाइ केन्द्र स्थापना गरिएको , विभिन्न विषयको पढाइ सुरु गरिएको बताउनुभयो । उहाँले अभिभावक , शिक्षक र विद्यार्थी सबै मिलेर गाउँमै बस्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । डाक्टर पढ्ने देखि धेरैलाइ पालिकाले सहयोग गरेको उहाले बताउनुभयो ।

प्रधानाध्यापक नेत्र भुजेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा मेलम्ची ७ का अध्यक्ष पासाङ तामाङ , हेलम्बुका कार्यपालिका सदस्य उर्गेन लामा, समाजसेवी जिमी तामाङ लगायतको उपस्थिति रहेको थियो भने विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रताप लामाको अध्यक्षतामा भएको हो ।

Leave a Reply