सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभएको छ ।
श्री पञ्चकन्या आधारभूत विद्यालय ईन्द्रावती ८ ज्यामिरेमाने को ४३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालको भनाई छ ।
बालबालिकामा गरेको शैक्षिक लगानिले भोलि देश, समुदाय र परिवार नै समुन्नत हुने दुलालले बताउनुभयो । इन्द्रावती गाउँपालिकाले शैक्षिक क्षेत्रमा बजेटको २५ प्रतिशत लगानी गरेको उहाँको भनाई छ ।
विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने दुलालले प्रतिवद्वता ब्यक्त गर्नुभयो ।