बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) ले श्री जयबागेश्वरी माध्यमिक विद्यालयको कम्प्युटर मर्मत गरि कम्प्युटर ल्याब पूर्ण रुपमा सञ्चालनमा ल्याउन सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले खेलकुदका सामाग्री समेत विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
हेलम्बु गाउँपालिका वडा नम्बर ३ पाल्चोकमा रहेको विद्यालयको ६१ औं वार्षिक उत्सवका अवसरमा सांसद तामाङले कम्प्युटर मर्मत गरि कम्प्युटर ल्याब पूर्ण रुपमा सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले प्रतिबद्धता अनुसार विद्यालयमा रहेको १८ वटा कम्प्युटर मर्मत गरि विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा हेलम्बु–३, का वडा अध्यक्ष दीपक खड्का, स्थानीय समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ, नेपाली काङ्ग्रेसका नेताहरू प्रकाश सापकोटा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
सांसद तामाङले मर्मत पश्चात सञ्चालनमा आएको कम्प्युटर ल्याब काे अवलोकन गर्नुको साथै खेलकुद तथा कम्प्युटर सँग सम्बन्धित सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान तामाङ र प्रधानाध्यापक रामगोपाल श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएको उहाँका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो ।