इन्द्रेश्वरीमा २ दिने कार्यशाला तथा सिकाइ प्रदर्शनी सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रेश्वरी माध्यमिक विद्यालयका ३० जना ७ र ८ मा पढ्ने छात्राहरुलाई इन्जिनियरिङ अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजित २ दिने कार्यशाला तथा सिकाइ प्रदर्शनी सम्पन्न भएको छ ।

उद्देश्य ग्रल्स इन स्टेम को समन्वयमा भएको कार्यक्रममा इन्द्रेश्वरीका ३० जना विद्यार्थीको सहभागिता रहेको विद्यालयका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । इन्जिनियरिङ विषय अध्ययन गर्ने पुरुषको तुलनामा महिलाको संख्या निकै कमी हुने गरेकाले अहिले देखिनै उनिहरूलाई यस्ता कार्यशालामा सहभागिता गराइएको संस्थाका कार्यकारी अधिकृत रिचा न्यौपानेले जानकारी दिनुभयो । आगामी दिनमा नगरपालिका भित्रका अन्य इच्छुक विद्यालयमा पनि यस्ता कार्यक्रम गरिने न्यौपानेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले विद्यार्थीका लागी महत्वपूर्ण कार्यक्रम ल्याएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि अभिभावकहरूले कार्यशाला विद्यार्थीहरूको लागी उपयोगी रहेको बताउनुभयो । यस्ता कार्यक्रममा आगामी दिनमा पनि आयोजना गर्नका लागी उहाँहरूले सुझाउनुभएको थियो ।

Leave a Reply