रेडियो मिसन ।
नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।
जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगातार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।
आज एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
‘जोखिमयुक्त बस्तीहरू तत्काल पहिचान गरी नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न र अवरुद्ध भएको सडकहरू तत्काल मर्मत गरी यातायात सुचारु गर्न नेपाल सरकारको सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछौ’,विज्ञप्तिमा भनिएको छ ।