रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्ण कुमार तामाङ (समीर) ले नम्रता ट्रस्टमा अत्यावस्यक खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
हाल अमेरिकामा रहनुभयका सिन्धुपाल्चोक मेलम्चीका समाजसेवी राम श्रेष्ठ र उहाँकी धर्म पत्नी पार्वती श्रेष्ठको सहयोगमा प्राप्त सामाग्री काठमाडौको टोखा नगरपालिकामा रहेको नम्रता ट्रस्टका प्रतिनिधिहरुको रहोवरमा सांसद तामाङले हस्तान्तरण गर्नुभएको हो ।
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता प्रकाश सापकोटा र ने.बि.संघ सिन्धुपाल्चोकका सचिव दिपेश राज खनाल लगायतको उपस्थितमा साम्सद तामाङले आज आश्रममै पुगि उक्त सामाग्री हस्तान्तरण गर्नुभएको तामाङका स्वकीय सम्राट राउतले जानकारी दिनुभयो ।