पिडितहरुको सारथी बन्दै सांसद तामाङ, सहयोगी हातहरु अघि बढाउँदै

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । नेपाली काङ्ग्रेसका नेता प्रकाश सापकोटाको पहलमा हाल अमेरिकामा रहनुभएका राम श्रेष्ठले पठाउनुभएको ५० हजार नगद प्रदेश सांसद कृष्ण कुमार तामाङ समीले आज पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस नेता प्रकाश सापकोटा, मेलम्ची ११ का काङ्ग्रेस सभापति कुमार दुलाल, प्रकाश दाहाल, नेपाली काङ्ग्रेस हेलम्बुका नेता पुर्ण बहादुर तामाङ लगायत स्थानियबासिहरुको उपस्तिथिमा आज उक्त रकम हस्तान्तरण गरिएको हो ।
सांसद तामाङले यस अघि नै स्वर्गीय दुलालकी कान्छी छोरीलाई अध्ययनका लागी सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।
त्यस्तै सांसद तामाङले मेलम्ची ६ का आगलागी पिडितलाई पनि सहयोग हस्तान्तरण गर्नुभएको छ । मेलम्ची ६ का आगलागी पिडित कमला केसिको लागी अमेरिकाबाट राम श्रेष्ठले सहयोग स्वरुप पठाउनुभएको ५० हजार रकम आज हस्तान्तरण गर्नुभएको हो ।

मेलम्ची – ६ का वडा अध्यक्ष प्रेम बहादुर तमाङ, नेपाली काङ्ग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरि, नेता प्रकाश सापकोटा, पुर्ण बहादुर तामाङ, नारायण गिरि लगायत स्थानीयहरुको उपस्थितिमा पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । नेपाली काङ्ग्रेसका नेता प्रकाश सापकोटाको पहलमा हाल अमेरिकामा रहनुभएका श्रेष्ठले पठाउनुभएको उक्त रकमबाट बर्षायाममा तत्काल अस्थायी आवस निर्माण गर्न सकिने बताइएको छ ।

सांसद तामाङले पिडित परिवारलाई करिव तीन महिनाको लागि पुग्ने खध्यान्न सहितको राहात सहयोग गरिसक्नुभएको छ ।

Leave a Reply