गौराती पूर्णिमाको अवसरमा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न, ७ टोली सहभागी

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

क्यौरानी । गौराती पूर्णिमाको पावन अवसरमा क्यौरानी युवा समाजद्वारा आयोजित दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ।

मेलम्ची नगरपालिका–८ मा आयोजित टोल सुधार समिति स्तरीय प्रतियोगितामा विभिन्न ७ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरीले गर्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी एकता, अनुशासन, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू जारी रहेका छन्। अब लिग चरणका दुई खेल बाँकी रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम सफल बनाउन उपस्थित भई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि, अतिथिज्यूहरू, जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा सम्पूर्ण सहयोगीहरूप्रति क्यौरानी युवा समाजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

खेलकुदको विकास र युवाहरूको एकतालाई प्राथमिकतामा राख्दै आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

Leave a Reply