वैदेशिक रोजगारीबाट फर्कीएका महिलाबारे सञ्चारकर्मीको चासो

* # अर्थ बाणिज्य जीवन शैली समाचार समाज सिन्धुपाल्चोक

बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको जिविकोपार्जनको आधार तयार गर्नुपर्नेमा सञ्चारकर्मीहरुले जोड दीएका छन् । आदिवासी जनजाति महीलाहरुकालागि वातावरण निर्माण गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।


जोखिम मोलेर आर्थिक उपार्जनका लागि बैदेशिक रोजगारमा गएर फर्केपछि अधिकाँश जनजाति महिलारुको अवस्था उस्तै रहेको निष्कर्ष निकाल्दै त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुलाई जिविकोपार्जनमा जोड्नुपर्ने सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुले निश्कर्ष निकालेका छन् ।


बैदेशिक रोजगारबाट फर्केका आदिवासी महिलाहरुको समस्या, अवस्था र जिविकोपार्जन सम्बन्धी सञ्चारकर्मीहरुसंगको एकिदिने छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बैदेशिक रोजगारबाट फर्केका महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्दै सामाजिक, पारिवारिकरुपमा पूनर्स्थापना गर्दै रोजगारी र आयआर्जनमा संग्लन गराउनु पर्ने बताउनुभयो । अधिकाँश महिलाहरुले विदेशमा पैसा कमाएर परिवार वा श्रीमानलाई पठाउने र ती पैसाको सही सदुपयोग हुन नसक्दा कमाउने महिलाको अन्तिममा हातमा लागे शुन्य हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।


वरिष्ठ पत्रकार सुरेश कसजूले बैदेशिक रोजगारबाट फर्केका महिलाहरुको आर्थिक अवस्थामा खासै परिवर्तन नआएको जिगिर गर्दै सबैले आआफ्नो भूमिकालाई शशक्त बनाउन सुझाव दिनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्वारा चौतारामा आयोजित छलफल कार्यक्रममा फोनिज सिन्धुपाल्चोकका अध्यक्ष लालकाजी तामाङले संयोजन गर्नुभएको थियो ।

Leave a Reply