नेपाली कांग्रेस इन्द्रावती -६ ले काठमाडौ उपत्यका सम्पर्क समिती गठन गरेको छ।
आज राजधानीमा पुर्व क्षेत्रिय सभापती सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् कांग्रेस बागमती महाधिवेशन प्रतिनिधि देव कुमार कोईराला विशेष आतिथ्यमा सम्पर्क समितिको गठन भएको हो।
सम्पर्क समितिको अध्यक्षमा यादवराज न्यौपाने सहित ११ जनाको सदस्य समिती गठन भएको हो। कार्यक्रममा शुभ दिपावलीको शुभकामना दिदै प्रमुख अतिथी न्यौपानेले यो सम्पर्क समिती ले इन्द्रावती -६ भित्रका कांग्रेसलाई सुदृढ बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयाे।
नेपाली कांग्रेस बागमती महाधिवेशन प्रतिनिधि देव कुमार कोइरालाले दिपावालीको शुभकामना दिदै सम्पर्क समितीलाई अब्बल बनाउन आफुले सकेको साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे। कोइरालाले काठमाडौ उपत्यका भित्र इन्द्रावती -६ का छरिएर रहेका कांग्रेसीहरुलाई पनि यसले एकताबद्द बनाउने बताउनुभयाे।
कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सह सचिव अनुप न्याैपाने, ट्रेड युनियनका जिल्ला अध्यक्ष इश्वरी प्रसाद न्यौपाने, नेपाल भुतपुर्व सैनिक संघका जिल्ला अध्यक्ष मणिलोचन न्यौपाने लगायत नेताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम कांग्रेस इन्द्रावती -६ का सभापति मछिन्द्र आचार्यको अध्यक्षमा सम्पन्न भएको थियो।