नवलपुर,
इन्द्रावती गाउँपालिकामा संघीयतालाई दृढताका साथ लागू गर्न १४ महिनामा १९ कानुन बनाएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा दिगो शान्ति, विकास, सुशासन, समृद्धि र संविधानको पुर्ण कार्यान्वयनमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्तरकृयात्मक कार्यक्रम तथा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७२ काे संविधान जारी भएपछि नागरिकका धेरै हक अधिकार स्थापित भएको बताउनुभयो । सामन्ती एकात्मक एकीकृत शासन व्यवस्था ढलेर नेपालमा संघीय लोकतान्त्रीक शासन व्यवस्था लागू भएसँगै जनताका मौलिक हक स्थापित हुँदै संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता जस्ता कुराहरू याे संविधानले दिएको उहाँको भनाई छ ।
सामन्ती शासन व्यवस्थाले जनताका हक अधिकार स्थापित गर्न नसकेका कारण विभिन्न आन्दोलन गरि याे संविधान लागू गरिएको नेपालको भनाई छ । संघीयतालाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका संसद्, न्यायालय सबैको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।





