प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ ईन्द्रावतिले गाँउपालिकाको कार्यालयमा धर्ना दीएको छ ।
शिक्षक महासंघले सुरुदेखि नै माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो । शिक्षाको अधिकार स्थानीय तहको एकल अधिकार सूचीमा राख्न नहुने शिक्षकको माग रहेको छ ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ, इन्द्रावतीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आज ७५३ बटै पालिकामा धर्ना कार्यक्रम रहेको बताउनुभएको छ । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने उहाँले बताउनुभएको छ । बिगतमा सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभएको छ । शिक्षक माथि भएको बिभेदको अन्त्य हुनुपर्नेमा उहाँले जोड दीनुभएको छ । अब बन्ने नँया शिक्षा ऐनले सबै तहका शिक्षकलाइ समेटेर लानुपर्ने उहाँले बताउनुभएको छ ।
ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत उपस्थित नरहेको हुदा शिक्षा शाखा प्रमुख मिन बहादुर धामिलाइ ज्ञापनपत्र बुझाईएको छ । कार्यक्रममा ईन्द्रावतीका शिक्षकहरुको सहभागिता रहेको थियो ।