रिटर्नी फेडेरेसनको जिल्ला अध्यक्षमा श्रेष्ठ

मेलम्ची रिटर्नी फेडेरेसन नेपाल बाग्मती प्रदेश कमिटिको आयोजनामा आज मेलम्चीमा सिन्धुपाल्चोक जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा २१ सदस्सीय कमिटि गठन गरेको रिर्टनीका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद शेरबहादुर तामाङले विदेशबाट फर्किएका युवाशक्तिलाई सहिठाउँमा परिचालन गर्नसक्नुपर्ने बताउनुभयो । युवाहरुको सिप, दक्षता र क्षमतालाई हेरेर […]

Continue Reading

राजनीति पेशा नभई जनताप्रति समर्पित समाजसेवा हो : युवा नेता श्रेष्ठ

मेलम्ची यतिबेला सवै राजनीतिक दलहरु आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि उम्मेदवार छनौटमा केन्द्रीत भएको छ । दलहरुले जिल्लाजिल्लाबाट पार्टीको तल्लो तहदेखि उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कार्यलाई तीव्रता दिएको छ । सिन्धुपाल्चोकमा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबादी केन्द्र एकिकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सकै जसो पार्टीले […]

Continue Reading

जनताको साथमा कांग्रेस कार्यक्रम इन्द्रावतीको दुई वडामा सम्पन्न

नवलपुर आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा ४ र वडा १० मा सम्पन्न भएको छ। आज नवलपुरमा सिन्धु कांग्रेसका पुर्वसभापती विकास लामाको प्रमुख आतिथ्य र इन्द्रावती ४ का वडा सभापति एवम् वडाध्यक्ष क्षेत्र बहादुर तामाङको सभापतित्वमा […]

Continue Reading

कांग्रेस सिन्धुपाल्चोकको उम्मेदवार छान्ने जिम्मा सभापति लामालाई

चौतारा नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामालाई दिइएको छ । जिल्ला कार्यसमितिको आज बसेको बैठकले क्षेत्र र प्रदेशसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामा लाई दिएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस सिन्धुपाल्चोकको बैठकले उम्मेद्वार छनौटको सम्पूर्ण अधिकार जिल्ला सभापती जंग बहादुर लामा […]

Continue Reading

अनेरास्ववियु मेलम्ची नगरकमिटिको अध्यक्षमा रामहरि कार्की

मेलम्ची अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेलम्ची नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा आज बसेको बिस्तारित बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको हो […]

Continue Reading

मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध छ : उपप्रमुख डंगोल

भोटेचौर काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध रहेको बताउनु भएको छ । शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा भोटैचौर एकिकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले मेलम्चीको कुषि उत्पादनबाट काठमाडौंले लाभलिरहेको बताउनुभयो । उहाँले भगिनि सम्बन्ध भन्दैमा आर्थिक मात्र नभै सँस्कृतिक, कृषिको पनि अनुसरण र लेनदेन गर्न […]

Continue Reading

अवरुद्ध मेलम्ची पाँचपोखरी मोटरबाटो सुचारु

मेलम्ची २ हप्ता अगाडी मेलम्ची ९ राम्चे डाँडामा सडक भाँसिएर अबरुद्ध भएको मेलम्ची पाँचपोखरी सडक सुचारु भएको छ । जोखिम मोलेरै सर्वसाधारण हरु यात्रागर्न थालेपछि दुर्घटना हुनसक्ने भन्दै मेलम्ची मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै सडक मर्मतको काम सुरु गरेको थियो । ठुला सवारी साधन बन्द गराएर मेलम्ची नगरपालिकाले […]

Continue Reading

सिन्धु काँग्रेसबाट २ जना पत्रकार प्रदेशमासभामा सिफारिस

नेपाली काँग्रेस , सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो । संसदीय मामिला पत्रकार समुहका सचिव विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । यसअघि एपिवान […]

Continue Reading

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

रेडियो मिसन पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले […]

Continue Reading

आफ्नै घरमा झुन्डीएको अवस्थामा पासाङको शव फेला

सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ । जिल्लको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

Continue Reading