रेडियो मिसन
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सिकाइ मेला सम्पन्न भएको छ । थाङ्पाल भ्याली माविमा गाउपालिका भरीका विद्यार्थीहरूले आ–आफ्नो शैक्षिक सिकाईलाई प्रस्तुत गरेका थिए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा थाङ्पाल भ्याली मावि तथा पालिकाका सबै विद्यालयहरू, टिच फर नेपाल, हेल्प नेपाल, चाइल्ड नेपालको सह आयोजनामा मेला सम्पन्न भएको हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा वडा नम्बर ४ मा रहेको थाङ्पाल भ्याली माध्यमिक विद्यालयमा पाँचपोखरी सिकाइ मेला आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, शिक्षा प्रेमीहरूको उपस्थितिमा सिकाइ मेला सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका टासी लामाले क्षितिज सिकाइ मेला, नाङ्साल मेला हुँदै पाँचपोखरी सिकाई मेला आयोजना गर्नु शिक्षा क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भयो । विद्यार्थीले सिकेका, जानेका बिज्ञान ,प्रबिधि, कृषि विषयलाई प्रयोगात्मक रुपमा सिक्नका लागि यस मेलाले सहयोग पुगेको उहाँले बताउनुभयो ।
स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुले पठनपाठन गर्नु, स्थानिय कला सस्कृती, भाषा अनुसार अध्ययन गर्ने बिषय पाठ्यक्रममा उल्लेख भएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक डाक्टर बाबुराम ढुङ्गनाले बाताउनु भयो ।
सिकाई मेलामा १९ वटा बिध्यालका विद्यार्थीहरुले ५० भन्दा बढी विज्ञान गणित अंग्रजी र सामाजीक विषयसंग सम्बन्धित प्रयोगात्मक कलाहरु प्रदर्शन गरेका थिए । मेलामा थाङ्पाल भ्याली मा.बि कक्षा १२ मा अध्ययन गर्ने अरुण बोम्जनले ईलेक्ट्रीक मोटर साईकल विषेश आर्कषण रहेको थियो । उहाँले यस भन्दा पहिला गाडी पनि बनाएर चलाउनुभएको थियो । यस्तै सिकाई मेलामा विद्यार्थीहरुले एक्साभेक्टर, टिप्पर, पानी घट्टा, स्थानीय परिकार, लोप हुन लागेका स्थानीय सामाग्रीहरु प्रदर्शन गरेका थिए ।
यसअघि पनि आयोजना हुंदै आएको मेला कोरोना संक्रमणका कारण विचमा रोकीएको थियो । टीच फर नेपालले क्षितिज सिकाई मेलाको नाम दीएर मेला सुरु भएको थियो । त्यसपछी हेल्प नेपालले नाङ्साल सिकाई मेला नाम दीएर सिकाई मेला सम्पन्न भएको थियो । यो बर्ष समग्रमा पालिका र संघसंस्था सबै मिलेर आयोजना गरेको थाङ्पाल भ्यालीका लेखापाल बिकास तामाङले जानकारी दीनुभयो ।
कार्यक्रममा टिच फर नेपालका स्वस्तीका श्रेष्ठ, हेलम्बु एजुकेशन एण्ड लाईभ्लीहुड पार्टनरशिपका जिमि लामा, चाईल्ड नेपालका कृष्ण सुवेदी लगाएत गाँउपालिकाका २९ वटै विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।