इन्द्रावतीको स्थानिय विपद व्यबस्थापन समितिको बैठक सम्पन्न (निर्णयसहित)

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाको स्थानिय विपद व्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले सुख्खा मौसममा हुने विपदको पूर्वतयारी तथा प्रतिकार्यको सम्बन्धमा बिभिन्न निर्णयहरु गरेको छ ।

आगामी बर्षको मनसुन छिटो सुरू हुन सक्ने भएकाले सम्भावीत जोखिम न्युनिकरण गर्न स्थानिय तथा वडा विपद व्यवस्थापन समितिको वैठक नियमित राखि पूर्वतयारी तथा प्रतिकार्यको योजना बनाई कार्यान्वयन गर्ने, इन्द्रावती ४ स्थित नवलपुरमा इन्द्रावती गाउँपालिकाको स्थानिय आपतकालिन केन्द्र स्थापना गर्ने लगायत ६ वटा निर्णयहरु भएका छन ।

सुख्खा मौसममा हुने आगलागी, हावाहुरी तथा चट्याङवाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न स्थानीय तथा वडा विपद व्यवस्थापन समितिको बैठक नियमित राखि पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गराउने, गाउँपालिका क्षेत्रमा विभिन्न समयमा वाढी, पहिरो, आगलागी वन्यजन्तुको आक्रमण लगायत प्राकृतिक तथा मानवीय विपतवाट भएको क्षतिको वर्गिकरण सम्बन्धमा क्षतिको रोकथाम तथा राहत वितरण सम्बन्धमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले स्थानिय विपद व्यवस्थापन समिति बनाउने नियम अनुसार २०७६ मा विपद प्रतिकार्य योजना बनेको जानकारी दिनुभयो । “आपतकालिन केन्द्र छ, बिपद प्रतिकार्यको लागि ४२ प्रकारका सामान छन्, हामीसँग दमकल छैन अरू सबै प्रतिकार्यका सामान छन”, उहाँले भन्नुभयो ।

बैठकमा आगो नियन्त्रणको लागी दमकलको ब्यबस्था हुनुपर्ने सहभागिहरुले बताएका थिए । यस सन्दर्भमा बैठकका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बजारीकरण कम भएको र ग्रामीण क्षेत्रमा दमकल पुग्न कठिन हुने धारणा राख्नुभयो ।

साथै ईन्द्रावती गाँउपालिकाको गाँउपालिका स्तरीय विपद व्यवस्थापन कोषबाट विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य गर्न विभिन्न मितिमा भएको खर्चको अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

निर्णयहरु :-

गाउँपालिकाको बिपद ब्यवस्थापन कोषमा ४२ लाख रहेको र हाल सम्म ३० लाख ३५ हजार ८ सय २० रुपैयाँ खर्च भएको साथै हाल कोषमा ११ लाख ६४ हजार १ सय ८० बाँकी रहेको बताइएको छ ।

Leave a Reply