रेडियो मिसन, मेलम्ची ।
स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै नेपाल बिद्यार्थी संघ इन्द्रावती बहुमुखी क्याम्पस इकाइले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । मेलम्चीमा आज एक चियापान कार्यक्रम गरी ने.वि. संघ र अनेरास्ववियु (एस) ले संयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।
“लामो समय पछी यस इन्द्रावती बहुमुखी क्याम्सपमा हामी विद्यार्थीहरूको साझा थलो स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुन गईरहेको छ । गैर विद्यार्थीहरूलाई निरूत्साहित गरी वास्तविक विद्यार्थीहरूलाई नै नेतृत्वमा पुर्याउने उद्देश्यले सबैको प्रतिनिधित्व हुने गरी मिश्रित निर्वाचन प्रणालीबाट स्ववियुलाई साझा संस्थाको रूपमा स्थापना गर्न सुन्दर व्यवस्था अवलम्बन गरिएको छ । त्यस करण हामीले यस क्याम्पसमा क्रियाशिल संघ, संगठनका साथीहरू संग विभिन्न समयमा छलफल गरी स्ववियुलाई संस्थागत बनाउने प्रयत्न गर्दै गर्दा हामी दुई संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (एस) एक भई निर्वाचनमा भाग लिने निर्णय गरेका छौं । हाम्रो दुईवटा विद्यार्थी संगठन मिल्नुको एकमात्र उद्देश्य भनेको सदाझै विद्यार्थीको हक हितमा काम गर्ने र सबैको समझदारीबाट विभिन्न खालका शैक्षिक विकृती विसंगतीको विरूद्ध संघर्ष गर्नु तथा विद्यार्थीको मुद्दामा काम गर्नु नै रहेको प्रष्ट पार्न चाहान्छौं ।” सार्वजनिक प्रतिवद्धता–पत्रमा भनिएको छ ।
प्रतिवद्धता–पत्र :-
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य भगवती नेपाल, नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी भरत खड्का, नेपाली काँग्रेस मेलम्ची नगर सचिव निश्चल गिरी, बिनोद खनाल लगायतको उपस्थिती रहेको थियो ।
ने.वि.संघ र अनेरास्ववियु (एस) को तर्फबाट सभापतिमा सरोज बस्नेतले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सचिवमा अस्मिता दुलाल, कोषाध्यक्षमा मनिषा चालिसे र सदस्यहरुमा प्रबेश श्रेष्ठ, पासाङ ह्योल्मो लामा, सन्तोषी अधिकारी, देबेन्द्र खड्का र अनिषा महतले उम्मेदवारी दिनुभएको छ ।