इन्द्रावती ३ मा तीन महिने गलैँचा बुन्ने तालिम सुरू

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, कुञ्चोक ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा गलैँचा बुन्ने तालिम सुरू भएको छ । तीन महिना सम्म चल्ने तालिमको आज गाउँपालिका उपाध्यक्ष शोभना तामाङले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्ष तामाङले तालिम दिएर महिलाहरूलाई उद्यमी बनाउने लक्ष्य रहेको बताउँदै “महिला दिदिबहिनिको घरायसी काम सकेर पनि दिनको केही घण्टा काम गर्दा आम्दानी गर्न सकिन्छ । गाउँपालिका सदैव तपाईहरू सबै महिलाहरूको साथमा छ,” उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा गाउँपालिका भित्रका महिलाहरूलाई सीप हाँसिल गराउने उदेश्य रहेको भन्दै, राम्रो काम गर्नेलाई पुरष्कृत पनि गरिने बताउनुभयो ।

वडामा रहेका दलित समुदायको आर्थिक स्थिती उकास्ने उद्देश्यले महिलाहरुलाई तालिमको सुरुवात गरिएको वडा अध्यक्ष भिमसेन थापाले बताउनुभयो । शिक्षा र आयआर्जनमा पछि परेको यो क्षेत्रका महिलालाई गलैँचा बुन्ने तालिम दिएर स्वरोजगार बनाउन सकिने उहाँको भनाई छ ।

तालिमको उद्देश्यबारे बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, राम प्रसाद शर्माले तालिम पछि बिहान बेलुकाको खालि समयमा गलैँचा बुनेर बालबच्चा पढाउन, घरखर्ची चलाउन र आत्मनिर्भर बन्न सहज होस भनि तालिमको आयोजना गर्न लागिएको बताउनुभयो । तालिम राम्रो संग लिएर भरपुर फाइदा लिन अनुरोध गर्दै शर्माले गलैँचा उत्पादन गर्न सके बजारको समस्या झेल्न नपर्ने बताउनुभयो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुजता गौतमले लालिम पश्चात महिलाहरुले बढी भन्दा बढी गलैँचा उत्पादन गरी आत्मनिर्भर बन्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सोभना तामाङ, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, रेडियो मिसनका निवर्तमान अध्यक्ष सन्तोष सिग्देल, महिला तथा बालबालिका शाखा प्रमुख सुजता गौतम, लगायत तालिमका प्रशिक्षक र तालिम लिने महिलाहरूको सहभागीता रहेको थियो ।

यो सँगै गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रमको ३२ लाख बजेटमा गाउँपालिकाको वडा नम्बर १ २ र ३ नम्बर वडामा बिभिन्न तालिम सञ्चालन भइरहेको छ ।

Leave a Reply