राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलम्ची नगरपालिका तेस्रो

१० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलम्ची नगरपालिका तेस्रो भएको छ । ६ स्वर्ण, २ रजत र ८ कास्य पदक सहित मेलम्ची नगरपालिका तेस्रो भएको हो । भलिबल तर्फ मात्रै मेलम्चीले दुई स्वर्ण जित्न सफल भयो । छात्र र छात्रा तर्फ दुबैमा मेलम्चीले स्वर्ण हात पारेको हो । छात्र तर्फ चौतारालाई पराजित गर्दै […]

Continue Reading

फागुन १२ देखी चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस हुने

चौतारामा रहेको श्री इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा “चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस“ हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका ऐतिहासिक स्थलहरूको पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन, साहसिक खेलकुदको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनुभयो ।  आँउदो फागुन १२ गतेबाट […]

Continue Reading

थकनीकाे एकिकृत घुम्ती शिविरमा ४ सय बढीले सेवा लिए

मेलम्ची नगरपालिकाद्वारा आयोजित एकिकृत घुम्ती शिविर मेलम्ची ४ थकनी स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिविरबाट वडा नम्बर १, २, ३, ४ र ५ गरी सिन्धुभ्यालीका ४ सय जना नागरिकहरुले लाभ लिएका छन् । शिविरको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले नगरपालिकाले जनताले […]

Continue Reading

अवैध रूपमा कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा 

मध्य पहाडी लोगमार्गबाट उठाइएको पुरानो ग्याबिन जाली लोड भएको गाडीलाई बाहुनेपाटी प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ३५७९ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्माणाधीन मध्य पहाडी लोक मार्गको लगभग १० हजार घन मिटर बराबरको पुरानो ग्याबिन जाली निस्कने अनुमान रहेको छ । कानुनी पक्रियाको बारेमा थप बुझ्नका लागि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले […]

Continue Reading

विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको प्रदेश स्तरीय छलफल तथा अन्तर्क्रिया

पूर्व सूचना प्रणालीको सुदृढीकरण र प्रभावकारिता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी (आपतकालिन केन्द्र सरोकार निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र यु. एस. एड (USAID) र अस्ट्रेलियन सहयोग नियोग (DAFT) को आर्थिक सहयोगमा प्र्याकटिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक सहयोगमा पूर्व सूचना प्रणालीको […]

Continue Reading

मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण सहित इन्द्रेश्वरी माबि पहिलो

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ । आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक पनि जितेको थियो । प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर […]

Continue Reading

मेलम्चीले गर्याे ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम गरेको । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता“ भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।  कार्यक्रमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले  प्याकेजको कार्यक्रमहरू नगरपालिकामा आएमा हामी बजेटको व्यवस्था गर्ने बताउनुभयो । योग्यता र क्षमता अनुसारका रोजगारीको […]

Continue Reading

नाैली महादेवकाे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

नवलपुर, श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । बागमती प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । नवनिर्मित भवनकाे उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै भवन निर्माण समिति अध्यक्ष तथा संस्थाकाे पुर्व […]

Continue Reading

मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्धघाटन

मेलम्ची नगरपालिका द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।प्रमुख तामाङको अध्यक्षतामा “लैङ्गिक हिंसा अन्त्यको सुनिस्चितताः महिला बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ आयोजित  उद्घाटन समारोहको सुभारम्भ गर्दै तामाङ्ले लैङ्गिक हिंसा सम्बन्धी स्पष्ट कानुन भएपनि कार्यन्वयनमा समस्या रहेको बताउनुभयो […]

Continue Reading

समाजसेवी गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

नवलपुर , समाजसेवी मोहन बहादुर गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को श्री महेन्द्र मा वि मा एक कार्यक्रमका बिच सो सामाग्री बितरण गरिएको हो । समाजसेवी गिरीको सहयोगमा २२८ जना बिद्याथीको लागी करिब ४ लाखको न्यानो कपडा ट्र्याक सुट, १२ […]

Continue Reading