नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते बुधबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नुहुने भएकाे छ ।
भवन उद्घाटन कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका बासीहरू लगायत सम्पुर्णमा उपस्थितीको लागि गाउँपालिकाले निमन्त्रणा गरेकाे छ ।
भवन उद्घाटन गर्न आउन लाग्नुभएका ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने बताईएकाे छ।
ओली बुधबार हेलिकप्टरबाट श्रीमती राधिका शाक्य सहित काठमाडौंबाट सिधै पाँचपोखरी कुण्डमा जाने र त्यहाँ केही समय बसेर बिहान ११ बजे गाउँपालीकाको भवन रहेको स्थान थाङ्पालमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका मुकुन्द पाण्डेले बताउनुभयाे ।
समुन्द्री सतहबाट करीब ४२ सय मिटर उचाइमा रहेको सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।
पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँचपोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।