नवलपुर,
श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । बागमती प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

नवनिर्मित भवनकाे उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै भवन निर्माण समिति अध्यक्ष तथा संस्थाकाे पुर्व अध्यक्ष सानुकान्छी रानामगरले सबैकाे साथ सहयाेगमा सहकारीकाे भवन बन्न सकेकाे बताउनुभयाे । भवन निर्माणमा पुर्व स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ, बागमती प्रदेश भाैतीक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, लगायतकाे साथ सहयाेग रहेकाे बताउनुभयाे । ४ बर्षमा साँडे २ तल्ला भवन तयार भएकाे हाे । दिदी बहिनीहरूकाे धेरै मेहनतले याे ठाउँमा पुगिएकाे उहाँले स्मरण गर्नुभयाे । बार्षिक साधारण सभा कार्यक्रममा संस्थाकी काेषाध्यक्ष सावित्री गजुरेलले संस्थाकाे अार्थीक प्रतिवेदन पेस गर्नुभएकाे थियाे ।

पुर्व मन्त्री शेर बहादुर तामाङले सांसद बिकास काेष बाट १० लाख विनियाेजन गर्नुभएकाे थियाे । यस्तै बागमती प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाले प्रदेश मार्फत ५३ लाख २३ हजार भवनकाे लागि विनियाेजन गराउनुभएकाे थियाे । भवन निर्माण जम्मा ६३ लाख २३ हजारमा सम्पन्न भएकाे गजुरेलले बताउनुभयाे । सहकारीमा शेयर सदस्य ८१७ जना छन । संस्थाकाे कुल पुँजी २ कराेड ५७ लाख १९ हजार ६ सय ४८ रहेकाे छ । संस्थाकाे यश बर्षकाे खर्च २६ लाख ८३ हजार ९ सय ९ रहेकाे छ भने अाम्दानी २७ लाख रहेकाे छ । त्यस्तै संस्थाले ऋण लगानी गरेर अाएकाे ब्याज १९ लाख २१ हजार ८८३ रहेकाे काेषाध्यक्ष गजुरेलले जानकारी दिनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि भाैतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालले सबैले सबैकाे अस्तित्वलाई स्विकार्नुपर्ने धारणा राख्नुभयाे । चुनाबकाे बेलामा तालि खाने भाषण मात्र गर्न नहुँने भन्दै काम पनि गर्नुपर्ने उहाँले बताउनुभयाे । “मैले अाफ्नै हातले हस्ताक्षर गरेर बजेट परेकाे चाैतारा नवलपुर बाटाेकाे कालाेपत्रेकाे शिलान्यास गरेँ”, उहाँले भन्नुभयाे । चुनावमा बाेलेका कुराहरू सबै पूरा गर्नेतर्फ अाफु लागेकाे बताउनुभयाे । अाफुले यश सहकारीलाई ४ पटक प्रदेश बाट बजेट हालेकाे बताउँदै अब सहकारीमा राजनिति हुन नहुँने उहाँकाे धारणा छ । सहकारीमा राजनितीक भाषण हुन नदिने अवस्था सृजना हुनपर्ने उहाँकाे भनाई छ । “मेराे क्षेत्रका सबै बाटाहरू पिच हुँदैछन”, उहाँले भन्नुभयाे “मेलम्चीमा पक्की पुलकाे ठेक्का चाँडैनै हुन लागेकाे छ” । सिन्धुपाल्चाेककाे समग्र बिकासकाे लागि अाफु लागीपरेकाे मन्त्री दुलालले बताउनुभयाे ।

कार्यक्रममा मन्तब्य राख्दै इन्द्रावती गाउँपालिकाका प्रवक्ता शशिनाथ अाचार्यले राज्यले उच्च सम्मान गरेकाले सहकारीलाई रकम विनियाेजन गरिदिएकाे बताउनुभयाे। महिलाहरूलाई स्वाबलम्बी बनाउनकाे लागि इन्द्रावती गाउँपालिका तयार रहेकाे उहाँकाे भनाई छ । महिलालाई अाइपरेका समस्या समाधान गर्न गाउँपालिका तयार रहेकाे अाचार्यकाे भनाई छ । सहकारी चाेरी हुँदा समेत सुरक्षा निकायले ध्यान नदिएकाे उहाँले अाराेप लगाउनुभयाे ।

त्यस्तै इन्द्रावती ४ का वडा अध्यक्ष श्रेत्र बहादुर तामाङले भावि दिनमा पनि बिकासमा हातेमालाे गर्न मन्त्री दुलाल तयार रहने कुरामा विश्वास लिएकाे बताउनुभयाे । महिलाहरूकाे अार्थिक पाटाे बलियाे बनाउन चुनाैतीकाे बिषय भएकाे बताउँदै उहाँले महिला संग हातेमालाे गर्न वडा तयार रहेकाे बताउनुभयाे ।
त्यस्तै समाजसेवी दया कुमारी मिश्रले सहकारी मार्फत महिलाहरूकाे बिकासकाे लागि सहकारीकाे भुमिका महत्वपुर्ण रहेकाे बताउनुभयाे ।अाफुले लगेकाे ऋण सबैले बेलैमा तिर्नुपर्ने बताउँदै मिश्रले सहकारीलाई सबैकाे हक हितमा प्रयाेग गर्न अाग्रह गर्नुभयाे । मल हराएकाे बिषयमा बाेल्दै, मिश्रले यस्ता गतिविधिकाे सबै सहकारी सदस्य मिलेर नियाल्नुपर्ने बताउनुभयाे । सहकारी मार्फत महिलाहरूकाे बिकास गर्नुका साथै महिलालाई अात्मनिर्भर बनाउन सहयाेग पुग्ने उहाँकाे धारणा छ ।
कार्यक्रमलाई समापन गर्दै संस्थाकी अध्यक्ष सञ्चमाया तामाङले अाफ्नाे बल पसिना सबै भवन बनाउनमा खर्च भएकाे बताउनुभयाे । “मेराे बल पसिना सबै भवन बन्नमा गयाे, मन्त्री युवराज दुलालकाे सहयाेग प्रसंशनिय छ”, उहाँले भन्नुभयाे । सहकारीले महिलाहरूकाे बृत्ती बिकासमा भुमीका खेलेकाे उहाँले बताउनुभयाे । सबै महिलाहरूले बचत गर्ने बानी बसाल्नाले अार्थीक रूपमा सम्पन्न हुने उहाँकाे भनाई छ ।

कार्यक्रमकाे सञ्चालन संस्थाकी ब्यबस्थापक लक्ष्मीदेवी काेइरालाले गर्नुभएकाे थियाे । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, सहकारी तथा संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार, सेयर सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे । साथै कार्यक्रममा विभिन्न समयमा सहयोग गरेकाहरुलाई सम्मान गरीएको थियो ।







