पूर्व सूचना प्रणालीको सुदृढीकरण र प्रभावकारिता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी (आपतकालिन केन्द्र सरोकार निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र यु. एस. एड (USAID) र अस्ट्रेलियन सहयोग नियोग (DAFT) को आर्थिक सहयोगमा प्र्याकटिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक सहयोगमा पूर्व सूचना प्रणालीको सुदृढीकरण र प्रभावकारिता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी ( आपतकालिन केन्द्र सरोकार निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्र्याकटिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विपद् तथा जलवायु विज्ञहरूद्वारा विपद् जोखिम न्यूनीकरणमा पुर्व सुचना प्रणालीको भूमिका बारे प्राविधिक प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन रमिता कार्कीले ले गर्नुभएको थियो ।सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका विपद् फोकल पर्सन इच्छा राम सापकोटाले कार्यक्रमको उद्देश्य प्रस्ट पार्नु भयो । उक्त कार्यक्रमको मुख्य उद्देश्य बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची र पाँच पोखरी क्षेत्रमा पुर्व सुचना प्रणाली विकासका गतिविधिहरूको बारेमा छलफल गर्ने रहेको सापकोटाले बताउनुभयो । बहु प्रकोपमा आधारित पुर्व सुचना प्रणाली (विशेष गरी बाढी र पहिरो) सम्बन्धी प्राविधिक तथा वैज्ञानिक पक्षबारे अभिमुखीकरण रहेको थियो ।
कार्यक्रममा विपद् फो कल पर्सन कार्कीले बागमती प्रदेशबाट विपद् तथा पुर्व सुचना प्रणाली अन्तर्गत सञ्चालित नीति कार्यक्रम बारे प्रस्तुति गर्नुभयो । त्यस्तै , यु. एस. एड (USAID) र अस्ट्रेलियन सहयोग नियोग (DAFT) को आर्थिक सहयोगमा प्र्याकटिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चले बहु प्रकोपमा आधारित पुर्व सुचना प्रणाली सङ सम्बन्धी परियोजनाले मेलम्ची, हेलम्बु र पाँच पोखरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि पुर्वसुचना प्रणालीको विकास तथा असल अभ्यास, सिकाई, चुनौती र आगामी पाटोबारे प्र्याकटिकल एक्सनका कार्यक्रम अधिकृत ई. मिनेश गुरुङ र सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका विपद् फो कल पर्सन इच्छाराम सापकोटाले संयुक्त रूपमा प्रस्तुति गरिएको थियो ।
कार्यक्रमको अन्तिम प्रस्तुति डा. धरम राज उप्रेती (जलवायु विज्ञ तथा प्र्याकटिकल एक्सन – विपद् एवम् जलवायु कार्यक्रम प्रमुख) ले गर्नु भएको थियो । उहाँको प्रस्तुति बहु प्रकोपमा आधारित पुर्वसुचना प्रणालीको प्राविधिक तथा वैज्ञानिक पक्षहरूको बारेमा विस्तृत प्रस्तुति गर्नुभयो ।
प्रस्तुतिको मुख्य विषयवस्तुहरुः कोप २८ तथा नेपाललाई अवसर, जलवायु परिवर्तन र असर, जलवायुजन्य विपद्, बहुप्रकोपिय पुर्वसुचना प्रणाली, उत्थान्शिल कार्यढाचा, मुख्य सरोकार निकायहरूको भूमिका, पुर्वसुचना प्रणाली अन्तर्गत बनेका सम्यन्त्र बारेमा विस्तृत छलफल र अन्तरक्रिया कार्यक्रमको समापन ध्रुव गैँडा (सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय) ले गर्नु भएको थियो । उहाँले बागमती प्रदेशले विपद् व्यवस्थापनमा गरिएको प्रयास र अनुभव बारे सुरुवात गर्नु भयो । पालिकाले बाढी पहिरोको प्रतिकार्यमा मात्र वार्षिक करोडौँ खर्च भएको कुरा सोचनीय रहेको बताउनुभयो ।
पुर्वसुचना प्रणालीको विकास तथा प्रभावकारी सञ्चालनका लागि स्थानीय तहहरू बिच समन्वय र सहकार्य अपरिहार्यता रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले विपद् सम्बन्धी नीति तथा नियमहरू बनेको छन् । ती नीति नियम तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको र सबै सरोकार निकायहरूले समन्वय गर्नु पर्ने उहाँले बताउनुभयो । साथै, पुर्वसुचना प्रणाली विकासका लागि सबै सरोकार निकायहरूको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो । भावी दिनहरूमा यो प्रकारको कार्यक्रमको आवश्यकता र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।