फागुन १२ देखी चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस हुने

* # खेलकुद विविध समाचार समाज सिन्धुपाल्चोक

चौतारामा रहेको श्री इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा “चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस“ हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका ऐतिहासिक स्थलहरूको पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन, साहसिक खेलकुदको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनुभयो । 


आँउदो फागुन १२ गतेबाट भोटेकोशी गाउँपालिकाको वडा नम्बर ३ सुख्खा बन्दरगाह ड्राई पोर्ट देखि लिस्तीकोट हुँदै दुगुनागढी सम्म २४.५ किलोमिटर “चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस“ दौड प्रतियोगिता सञ्चालन हुन लागेको सेनानी बस्नेतले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा अत्याधिक प्रतियोगीहरूलाई सहभागी गराई पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उहाँले जानकारी दिनुभयो । प्रतियाेगीहरुकाे नाम दर्ता तथा जानकारीका लागि ०११६२००९४ वा ९८५११८५२७९ मा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply