नेपालमा गणतन्त्र आएको छोटो अवधिमै स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

रेडियो मिसन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र पछि पुर्वाधार, स्वास्थ्य शिक्षा लगायतका सार्वजनिक क्षेत्रमा थुप्रै परिवर्तन र स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार आइसकेको बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोकको ‘चौतारा अस्पताल’को चीन सरकारको सहयोगमा नवनिर्मित अत्याधुनिक भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र […]

Continue Reading

चाैतारा अस्पतालकाे आज प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

मित्रराष्ट्र चीनको सहयोगमा निर्माण सम्पन्न सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित अत्याधुनिक अस्पतालको उद्घाटन गर्न लागिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच उद्घाटन गर्नुहुने बताइएको छ । २०७२ सालको महाभूकम्पमा ध्वस्त अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख चिनियाँ युआन (आरएमबी) अनुदान सहयोग प्रयोग भएको छ । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको […]

Continue Reading

मेलम्चीमा सम्पन्न महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिए

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन् । आज भएको शिविरमा २१० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको,पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना, ३१० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको संकाश्पद भेटिएको […]

Continue Reading

नि:शुल्क महिला स्वास्थ्य शिविर सुरु

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा निशुल्क महिला स्वास्थ्य सुरु भएको छ । शिविरको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन टोल टोलमा,वडा वडामा र समय समयमा नगर अस्पतालमा विगत देखिनै शिविर गर्दै आएको बताउनुभयो । उहाँले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा बजारमा खुल्ला रुपमा खानेकुरा बेच्न रोक

मेलम्ची नगरपालिकाले खुल्ला रुपमा राखेका पसलहरु हटाएको छ । मेलम्ची बजारमा खुल्ला ठाँउमा सडक पेटीमा अस्थायी पसल राखी मिठाई बेचिरहेकाहरुलाई नगरपालिकाले हटाएको हो । धुँवाधुलोको विचमा राखेर बेचिएका मिठाई लगाएतका खानेकुराहरुले नागरीकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले हटाईएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । केहीलाई सचेत गराई छाडेको र केहीको सामान जफत […]

Continue Reading

बाँडेगाउँमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्र

इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, नवलपुर अस्पताल, फेयरमेड र महीला आत्म निर्भरता केन्द्र (MANK) काे सहयोगमा ईन्द्रावती ६ काे बाँडेगाउँ स्वस्थ्य चाैकीमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ । शिविरमा सामान्य चेकजाँच गराउने २ सय १५ जना, क्षयराेगकाे परीक्षणका लागि ४५ जनाकाे खकार संकलन गरीएकाे गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी […]

Continue Reading

भिमटारमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्र

इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, फेयरमेड र महीला आत्म निर्भरता केन्द्र (MANK) काे सहयोगमा ईन्द्रावती १२ काे भिमटार स्वस्थ्य चाैकीमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ । शिविरमा सामान्य चेकजाँच गराउने १ सय २२ जना, क्षयराेगकाे परीक्षणका लागि ७४ जनाकाे खकार संकलन गरीएकाे छ भने कुष्ठराेग परीक्षणका लागि ५७ जनाकाे नमुना संकलन […]

Continue Reading

इन्द्रावती १० भाेटसिपामा बृहत स्वास्थ्य शिविर सम्पन्न

इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, जर्मन नेपाल सहयोग संघ र बिकासकाे लागि एकता संस्थाकाे सहयोगमा ईन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरमा सामान्य चेकजाँच गराउने ३ सय १ जना, स्त्री तथा प्रसुती रोग जाँच गराउने १३४ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ११६ जना, आँखा सम्बन्धि […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको सिम्पालकाभ्रेमा बृहत स्वास्थ्य शिविर सम्पन्न

इन्द्रावती गाउँपालिकाको वडा नम्बर १ सिम्पालकाभ्रेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो । वडा नम्वर १ का नागरिक लाई केन्द्रमा राखेर ईन्द्रावति गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा सिम्पालकाभ्रेमासञ्चालित शिविरमा वडाका नागरीकले सेवा लिएको वडा नम्बर १ का वडा […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको खुतुमेमा बृहत स्वास्थ्य शिविर सम्पन्न

इन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ को खुतुमेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो । वडा नम्वर २ र ३ का नागरिक लाई केन्द्रमा राखेर ईन्द्रावति गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा खूतुमेडाँडामा सञ्चालित शिविरमा वडा नम्बर २ र ३ […]

Continue Reading