बाहुनिपाटी, ज्येष्ठ नागरिक, बालबालिका तथा महिला केन्द्रित निःशुल्क स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम मेलम्ची नगरपालिका वडा नं १२ स्थित जालपादेवि माध्यमिक विद्यालयमा शुरू भएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले शिविरकाे शनिवार विहान उद्घाटन गर्नुभयाे ।
मेलम्ची नगरपालिकाकाे सहयाेग तथा बी एण्ड बी अस्पताल ललितपुर र जेरियाट्रिक साेसाईटी अफ नेपाल काठमाण्डाैकाे प्रविधिक सहयाेगमा शिविर शुरू भएकाे हाे । १ दिने शिविर दिउँसाे ३ बजे सम्म सञ्चालन हुने नगरपालिकाले जनाएकाे छ ।
शिविरकाे उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरबासीलाई स्वस्थ राख्न याे कार्यक्रम गरिएकाे बताउनुभयाे । यस्ता शिविरकाे लागि नगरले आवस्यक सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । आफुलाई लागेकाे राेगकाे बारेमा शिविरमा खुलाएर भन्न आग्रह तामाङले आग्रह गर्नुभयाे ।
जाे नागरिक गाउँमै बस्छन, अस्पताल सम्म जान सक्दैनन उनिहरूकाे लागि लक्षित गरि शिविरकाे आयाेजना गरिएकाे मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयाे । जाे व्यक्तिलाई कुन राेग लाग्याे भन्ने पनि थाहा हुँदैन, त्यस्ता व्यक्तिकाे लागि उपचारमा प्राथमिकता दिइने उहाँकाे भनाई छ । सामान्य मान्छेलाई सुगर र प्रेसर लागेमा पनि उपचारकाे पहुँच नपुगेका कारण याे शिविर गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
शिविरमा सुगर, प्रेसर, दम, दाँत, हड्डी सम्बन्धि जाँच, जनरल उपचार र परिक्षण, प्रसुती तथा स्त्री राेग सम्बन्धि जाँच, छालाराेग सम्बन्धि तथा बालराेग सम्बन्धि परिक्षण र उपचार गरिने मेलम्ची नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयाे । शिविरमा अपाङ्गता परिचय वितरणकाे लागि कागजात संकलन समेत भईरहेकाे छ ।
शिविरमा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूकाे उल्लेख्य उपस्थिति रहेकाे मेलम्ची १२ का वडा अध्यक्ष गणेश तामाङले जानकारी दिनुभयाे । शिविरमा जनप्रतिनिधि, नगरपालिकाका प्रशासकीय अधिकृत, बी एण्ड बी अस्पताल र जेरियाट्रिक साेसाईटी अफ नेपालका प्रतिनिधि, डाक्टर, स्थानिय लगायतकाे उपस्थिति थियाे ।





