२०८४ काे निर्वाचनमा माओवादीलाई बैशाखि चाँहिदैन : अध्यक्ष प्रचण्ड

* # राजनीति समाज सिन्धुपाल्चोक स्वास्थ्य

नेकपा माओवादी केन्द्र अब कांग्रेस  र एमालेको वैशाखी टेकेर अघि नबढ्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ । 

२०८४ काे निर्वाचनमा १ नम्बर  पार्टी  बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनका बीच मेलम्ची इतिहास, चुनौती र अवसरको क्षेत्र भएकाे अध्यक्ष प्रचण्डको भनाई थियाे । सिन्धुपाल्चोकका जनताको लागि प्रतिनिधि सभा र प्रदेश सभाले खेलेको भूमिका उच्च रहेको उहाँले बताउनुभयाे । अब  देशलालाई अगाडि बढाउन फेरि पनि एकपटक देशको जिम्मा माओबादी पार्टीले लिनुपर्ने  अध्यक्ष प्रचण्डले बताउनुभयाे । 

आफूले नेतृत्व गरेको पार्टी सिन्धुपल्चोकको नेताले भविष्यमा देशकै नेतृत्व गर्न सक्ने क्षमता रहेको आगामी दिनहरूमा यस सिन्धुपाल्चोक जिल्लाको लागि गर्नुपर्ने भूमिका  निर्वाह गर्ने उहाँले बताउनुभयाे । दाहालले १८ महीने सरकारको भष्टाचार विरोधी काम र सामाजिक न्यायमा धरै मेहेनत गरेको  र विश्वभरबाट थुप्रै लगानीकर्ताहरु भित्र्याएको बताउनुभयाे ।

जनता र राष्टको लागि कार्य गर्दा गर्दै रातारात अवैधानिक बाटो रोजेकाेप्रति उहाँको आक्राेश थियाे । मेलम्चीको जनता, मेलम्ची खानेपानी आयोजना   तथा  प्राकृतिक विपति प्रति सरकार उत्तरदायी हुन नसकेको उहाँको भनाइ थियाे । दाहालले सिन्धुपल्चोकसँग विशेष भावना रहको र आफूले निभाउनु पर्ने भूमिका निर्वाह गर्ने बताउनुभयाे ।

भ्रष्टाचार र बेथितिकाे कारण  वर्तमान सरकारको आयु  धेरै नरहको उहाँको तर्क थियाे । अब आगमि दिनहरुमा फ्लिम दाखाउनै बाँकी रहेको र  त्यसमा सिन्धुपल्चोकको साथ पाउने उहाँले बताउनुभयाे । 

Leave a Reply