हेलम्बुमा आयोजित रक्तदानमा २३ जनाले रगत दान गरे

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

हेलम्बु २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो ।

स्थानीय, कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।

Leave a Reply