नवलपुरमा आयोजित बृहत स्थास्थ्य शिविरमा ५९८ लाभान्वित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

नवलपुर, ईन्द्रावती गाउँपालिका वडा नं. ४ को आयोजना काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ९८ ले सेवा लिएका छन् । शिविरको सह–आयोजक रोटरी क्लब अफ महाराजगंज काठमाण्डौ रहेको थियो । कार्यक्रम बिरामीलाई टिकट वितरण गर्दै सुरुवात गरीएको थियो ।

नवलपुर माध्यमिक विद्यालयमा भएको शिविरमा प्रमुख अतिथी पूर्व गाँउपालिका अध्यक्ष वंशलाल तामाङले आफ्नै घर आँगनमा यो किसिमको सेवा पाउनु खुसिको कुरा भएको बताउनुभयो । कतिपयले रोगलाई लुकाउने तथा वेवास्ता गर्दा पछी जटील समस्या हुन नदीन शिविरले महत्वपूर्ण भुकिका खेल्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नवलपुर माविका विद्यालय व्यावस्थापन समितीका अध्यक्ष सेरबहादुर तामाङले स्वास्थ्य र शिक्षा अपरीहार्य र आधारभूत सेवा भएको बताउनुभयो । साथै उहाँले रोग नलुकाउन आग्रह गर्नुभयो । यसअघि पनि आर्थीक बर्ष २०७७/०७८ मा यस्तै शिविर आयाेजना गरेकाे उहाँले स्मरण गराउनुभयाे ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको तर्फबाट प्रेम सुवालले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँगाउँमा पुगेर सेवा दिने गरेको जानकारी दिनुभयो । औषधि बाहेका खाने बस्ने सेवा नि शुल्क गरीदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिविरमा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पनि निरीक्षण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नवलपुर शाखा उपसभापति सानुमाया हिमालय, नेपाल हृदयरोग प्रतिष्ठान नवलपुर शाखाका राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र कुमार खाति, वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठ, नेपाली काँग्रेस ईन्द्रावतीका सभापती जीवन कुमार थापामगर लगाएतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमा आफ्नो भनाई राख्दै कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले नागरिकको स्थास्थ्य परिक्षण र बिभिन्न रोग चेक जाँच तथा उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको बताउनुभयो । नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल राखेर वडाले काम गरीरहेको उहाँले बताउनुभयो । वडाले बार्षिक कार्यक्रम नै राखेर शिविर आयाेजना गरेकाे उहाँले जानकारी दिनुभयाे ।

शिविरमा सम्पूर्ण डाक्टरहरुलाई सम्मानपत्रद्धारा सम्मान गरीएको थियो । एकदीने बृहत निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, बालरोग, हाडजोर्नि तथा नशारोग, आँखा परिक्षण, मुटु परिक्षण, शल्यक्रिया, छाला तथा यौनरोग, दन्त परिक्षण, भिडियो एक्सरे, ई.सि.जि., ईको, रगत र पिसाब परिक्षण लगाएतका सेवा दिईएको थियो ।


५ सय ९८ मध्ये हाडजोर्नी सम्बन्धि २१९ जना, ईसिजी सम्बन्धि ८६ जना, आँखा सम्बन्धि १८९ जना, सामान्य चेकजाँच १९७ जना, भिडियो एक्सरे सम्बन्धि १०७ जना, हृदयरोग सम्बन्धि ४५ जना, मनोरोग सम्बन्धि १२४ जना, छाला सम्बन्धि ९३ जना, स्त्रिरोग सम्बन्धि ६२ जना, दाँत सम्बन्धि ९० जना, बालरोग सम्बन्धि ८ जना, नाक कान घाँटी सम्बन्धि ६ज्ञ जनाले सेवा लिएका छन भने ८८ जनालाई रीफर गरीएको छ ।

Leave a Reply